कोरोनाविरुद्धको लडाइँमा एन्फाको साथ

कोरोनाविरुद्धको लडाइँमा एन्फाको साथ


विश्वभरि कोरोना भाइरसको महामारी बढीरहेको अवस्थामा नेपालमा पनि त्यसको सम्भावनालाई आत्मसात अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो मातहतमा रहेका भौतिक संरचना क्वारेन्टाइन र आइसुलेसनको रुपमा प्रयोग गर्न सकिने बताएको छ ।

एन्फाले चैत्र ९ गते आइतबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त प्रेस विज्ञप्तिमा एन्फाले रौतहटको महिला एकेडेमी, बुटबल र धरानको एन्फा एकेडेमी र ललितपुर सातदोबाटोस्थित होस्टेल क्वारेन्टाइन र आइसुलेसनका लागि प्रयोग गर्न सकिने जनाएको छ ।