कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायबारे नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता

कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायबारे नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता


नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज (७ चैत) टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करबीचको वार्ता महामारीका रुपमा द्रुत गतिमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशबीच औषधिलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिमा जोड दिँदै दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ को जोखिम घटाउन सीमा क्षेत्रमा प्रभावकारी निगरानी गर्ने बारेमा पनि छलफल गरेका बताइएको छ ।

कोभिड–१९ बाट जोगाउन भारतले विशेषज्ञ र चिकित्सकहरु सम्मिलित द्रुत प्रतिकार्य टोली नेपाल पठाउन प्रस्ताव गरेकामा भारत सरकारप्रति परराष्ट्रमन्त्री ज्ञवालीले आभार व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।