अत्यधिक रेन्ज भएको सिजीका एयर कुलरहरू बजारमा

अत्यधिक रेन्ज भएको सिजीका एयर कुलरहरू बजारमा


नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले गर्मीयामलाई लक्षित गरी विभिन्न किसिमका आकर्षक एवं गुणस्तरीय कुलरहरु नेपाली बजारमा ल्याएको छ ।

यी कुलरहरु विभिन्न प्रकार र साइजहरुमा उपलब्ध गराएको सो कम्पनीको भनाई छ । जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर रहेका छन् ।

हेर्दा निकै आकर्षक देखिने सि.जी.का कुलरमा अनेकौँ विशेषताहरु पनि रहेका कम्नीको दाबी छ । ती विशेषताहरुमा कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठुलो पानीको ट्याङ्की, हनिकम्ब प्याड, पावरफुल मोटर, मल्टिडाइमेन्सनल एयरफ्लो, कास्टोर मोविलिटी, आइस च्याम्बर, डस्ट फिल्टर नेट, कार्वन फिल्टर, भिटामिन सि फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली रहेका छन् ।

ग्राहकको सुविधाको लागि कम्पनीले रिमोट पनि उपलब्ध गराएको छ । सबैभन्दा धेरै रेन्ज भएको यी कुलरहरू छानी–छानी आफ्नो आवश्यताअनुसार सजिलै खरिद गर्न सक्नेछन् । सि.जी.ले यी कुलरमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको जानकारी दिइएको छ ।