कपिल शर्माकी ‘भुरी’ बोेल्डसिनका कारण चर्चामा

कपिल शर्माकी ‘भुरी’ बोेल्डसिनका कारण चर्चामा


चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा भुरीको भूमिका अभिनय गर्दै आएकी चर्चित अभिनेत्री सुमोना चटर्जीको चर्चा यतिबेला आकाशिएको छ । सुमोना यतिबेला आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी हुन् ।

सुमोनाले हालै समुद्रको किनारामा खिचिएका आफ्ना बोल्ड तस्बिरहरू सामाजिक सञ्जालमा राखेपछि उनको चर्चा चुलिएको हो । ‘द कपिल शर्मा शो’मा साधारण देखिने सुमोनाले ‘टु पीस’मा खिचेका तस्बिरहरू सार्वजनिक गरेपछि उनी भाइरल बनेकी हुन् ।

‘कपिल शर्मा शो’मा सुमोना अर्थात् भूरीको अभिनयलाई प्राय सबै दर्शकहरुले मन पराउँछन् । सुमोनाको अभिनयसँगै उनको तोते बोली र सेक्सी ओठको चर्चा पनि त्यत्तिकै छ । अँझ बारम्बार कपिल शर्माले उनको ओठको चर्चा गर्दै दर्शकहरुलाई मनोरञ्जन दिइरहेका हुन्छन् ।

यतिबेला कपिल शर्मा शोमा भूरीको भूमिका अभिनय गरिरहेकी सुमोना त्यो भन्दा पहिले ‘कमेडी नाइट विथ कपिल’मा मन्जुको नामबाट अभिनय गर्छिन् । दर्शकहरुले उनलाई सरला गुलाटीको नामबाट गरेको अभिनयलाई सर्वाधिक रुचाएका थिए ।