लोकतन्त्र र काङ्ग्रेस अनि विकास र शान्ति

लोकतन्त्र र काङ्ग्रेस अनि विकास र शान्ति


■ लक्ष्मीकान्त पौडेल

लोकतन्त्र र बहुलवादको पर्याय रहँदै आएको नेपाली काङ्ग्रेसको महाधिवेशन एक वर्ष पछाडि सरेको छ र सरेको अधिवेशन पनि एक वर्षभित्र हुँदै छ । यद्यपि, अहिले चुनावमा भाग लिएका कम्युनिस्टसमेतले लोकतन्त्र र बहुलवादलाई आत्मसात् गरेको पाइन्छ । काङ्ग्रेसमा पहिला स्थायी गुट हुने गरेको थिएन । निश्चित उद्देश्यमा विवाद हुन्थ्यो र गुट पनि हुन्थ्यो, तर त्यो विवादको अन्त्यपछि गुटको पनि अन्त्य हुने गरेको हो । सशस्त्र सङ्घर्ष, पञ्चायतको प्रयोगजस्ता विषयमा पहिला पनि गुट बनेका थिए । तर, अहिले स्थायी रूपमा नै वैचारिक धरातलबाहिर गएर गुट बनेको पाइन्छ । बेलायतमा पनि लेवर पार्टीमा गुट छन् तर उनीहरूमा वामपन्थी, मध्यवामपन्थी आदि आधारमा विभक्त छन् । नेपालमा काङ्ग्रेस मात्र होइन अरू राजनीतिक दलहरूमा पनि घेरै गुट छन् र ती गुटको कुनै राजनीतिक आधार दखिएको छैन । केवल पदको लागि मन मिल्नेहरूको समूहजस्तो देखिएको छ ।

यो किमार्थ राम्रो होइन । विचारबिनाको गुटले स्वाभिमानी र निष्पक्ष नेता–कार्यकर्तालाई कठिन र कमजोर बनाउँछ । गुटबाहिर बल नहुने र गुटमा नै धेरै प्रकारका शक्ति हुने हुँदा कुनै गुटमा नै रहनुपर्ने बाध्यता हुन्छ । क्षमतावान् र गुटबाहिरका इमान्दार, लोकप्रिय, प्रतिभावान्हरू पनि गुटको कारणले अर्कोका लागि अमान्य हुन जान्छन् जब कि जनतामा उनीहरूको राम्रो प्रभाव हुन्छ । गुटबाट धेरै फाइदा जनप्रिय नभएका, नेताको नजिक भएका, आर्थिक हैसियत भएका र गलत प्रवृत्तिकाहरूले लिने सम्भावना हुन्छ । यस्तो कार्यले दल, समाज र देशलाई नै गलत दिशामा लग्छ र भ्रष्टीकरणमा पनि लग्छ । सबैजसो दलहरूमा यो अवस्था धेरै–थोरै देखिएको छ । गलत भएर पनि नेताको नजिक र गुटको हर्ताकर्ताले नै झनै गलत किसिमले फाइदा उठाएको पाइन्छ ।

काङ्ग्रेसमा अहिले पनि विवाद छ । देश, जनता र लोकतन्त्रको रक्षाका लागि समर्पित दलमा भएका विवाद ती कार्यका लागि देखिएका छैनन् । विवादहरू नितान्त रूपमा गुटको आधारमा गरिने जोड–घटाउ र फाइदाका लागि नै भएको आरोप लाग्ने गरेको छ । काङ्ग्रेस त्यो अवस्थाबाट माथि उठ्न सक्नुपर्छ । दलको चुनावमा समेत प्रसस्त पैसा खर्च गरेर जित्ने मानसिकता त्याग्न आवश्यक छ । राज्यको चुनावमा त आर्थिक हैसियत नहुनेले मतदाताबाहेक अन्य बन्न कठिन हुँदै छ । यो प्रवृत्तिले पैसा हुनेले चुनाव जित्ने, चुनाव जितेपछि अर्कोपटक चुनाव जित्नलाई अझै पैसा कमाउन पर्ने, पैसा कमाउन गलत गर्नुुपर्ने, त्यसको असर जनतालाई नै पर्ने, तर यो चक्र बढी नै रहने समस्या र रोग लागेकाले यसको पनि निदान सबै दलमा आवश्यक भइसकेको छ ।

गुट र खर्च होइन, क्षमता र इमानदारीको आधारमा नेतृत्व बनेमा मात्र हामीले चाहेको सुधार सम्भव छ । काङ्ग्रेसमा नेतृत्व चयन गर्दा क्षमता र इमानदारीका साथ जनप्रिय भएकाको हातमा जानुपर्छ भन्ने भावना सबैमा हुन आवश्यक छ । यी लक्ष्य पूरा गर्न भावनात्मक एकता र सिस्टमको सुरुवात गरिनुपर्दछ ।

उनीहरूको जीवनको बलिदान मात्र मारिनका लागि थिएन । तर, परिणाममा देश र जनताको समस्या समाधान त परै जाओस् उनीहरूको खोजखबर हुन सकेको छैन ।

नेपाली काङ्ग्रेसमा उच्चस्तरका नेताहरूले गुटलाई अन्त्य गरेर असललाई नेतृत्वमा ल्याउन आपसमा मेलमिलाप गर्न आवश्यक छ । यसका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केबी गुरुङ, प्रदीप गिरी, रामशरण महत, अर्जुननरसिंह केसीजस्ता नेतालाई एक ठाउँमा ल्याउने वातावरण बन्नुपर्छ । आवश्यकता परे उहाँहरू अभिभावक बन्न पनि तयार हुनुपर्छ । दलमा कमसेकम महामन्त्री र उक्त पदभन्दा तल ६० वर्षभन्दा कम उमेरकालाई नै स्थान दिने वातावरण बनाउन आवश्यक छ । दलका सभापति र उपसभापतिमा पनि ७५ वर्षभन्दा माथिका उम्मेदवार बन्नका लागि दल (केन्द्रीय समिति)को बहुमतको म्यान्डेटको आवश्यकताको व्यवस्था गर्न सकिन्छ । यसका लागि बहुमतले धेरैलाई पनि प्रतिस्पर्धी बनाउन सक्छ । कुनै पनि पदमा एकपटक काम गरेपछि दोस्रोपटक चुनावमा उठ्न सम्बन्धित तहको समितिको दुईतिहाइबाट समर्थन हुनुपर्ने र तेस्रोपटक चुनावमा उठ्न विरोध भएमा तीनचौथाइ समर्थन चाहिने व्यवस्था गर्न सकिन्छ । यसले अति लोकप्रिय दोहोरिने छन् र सामान्यहरूको स्थान अरूले लिन्छन् ।

दललाई अझै कमजोर बनाउन मात्र समाजमा कुनै सकारात्मक सन्देश पनि दिन नसक्नेहरूले पद लिएर कसैलाई फाइदा छैन भन्ने सोच्न आवश्यक छ । दलको गुट र विवादित व्यक्तिको समर्थक बनेर चुनाव नै जितेर पनि धेरै साथीका लागि स्वीकार्य नहुनु र देश तथा समाजमा नै गलत सन्देश जानुभन्दा त सबैको प्रिय भएर निकास दिनु आफ्नो र दल तथा देशको हितमा हुन्छ ।

काङ्ग्रेसले सबल प्रतिपक्षको भूमिका निभाउन नसक्दा देशका समस्या दबिन थाल्न सक्छन् । जनतामा पीडा र अन्याय सहेर बस्ने मानसिकताको विकास हुन सक्छ । यो सबैभन्दा बढी पीडादायक हुनेछ । देशमा हिंसात्मक आन्दोलन समाप्त भएको १५ वर्ष भइसक्यो, तर १७ हजार मारिएका सपुत र २३ हजार हराएका भनिएका सपुत जो मारिएकै हुने अवस्था छ, उनीहरूका लागि समेत कुनै उचित निकास हुन सकेको छैन । उनीहरूको जीवनको बलिदान मात्र मारिनका लागि थिएन । तर, परिणाममा देश र जनताको समस्या समाधान त परै जाओस् उनीहरूको खोजखबर हुन सकेको छैन । अर्कोतर्फ बलिदानको परिणाम जनताको आर्थिक सबलतामा समेत देखिएन । सबल आर्थिक अवस्था भएका नागरिकले नै देश र समाजको, संस्कृति र परम्पराको आफँै रक्षा गर्न सक्छन् । त्यसतर्फ ध्यान जान सकेको छैन ।

काङ्ग्रेसको समाजवाद, बहुलवाद, लोकतन्त्रको एजेण्डा सफल भयो । त्यो एजेण्डामा अरू पनि सहमत भए । तर, एजेण्डा राम्रो हुँदाहुँदै दलको हार हुनु भनेको दलका नेताहरूको कमजोरी हो । दलमा उचित व्यक्तिलाई स्थान दिन नसक्नु नै यसको प्रमुख कारण हो । दलभित्र र बाहिर चुनाव कुनै किसिमले जित्नु अलग विषय हो, तर दलको एजेण्डा सफल भएर पनि दल सत्तामा जान नसक्नु भनेको समग्रमा दलका नेताहरू असफल हुनु नै हो । काङ्ग्रेसको एजेण्डालाई आत्मसात् गर्नेहरूले कुनै कठिन अवस्थामा एजेण्डा छोडिदिए भने सर्वनास हुनेछ । त्यतिबेला जनताबाट पनि टाढा भएपछि समाउने र टेक्ने दुवै हाँगा नरहेको अवस्था हुनेछ । जनताले तपाईं–हामीले जस्तो सिद्धान्त बुझेको हुँदैन र डेलिभरीको आधारमा मत दिनेको र उनीहरूलाई सबल बनाएर नै सिद्धान्तको सुरक्षा गर्ने हो ।

काङ्ग्रेस जनताभन्दा धेरै कमजोर रहन चाहन्छ र जनताको हित गर्न नसके जनताले सबैभन्दा सजिलैसँग काङ्ग्रेसलाई हटाउन पाउनुपर्छ र त्यसको विकल्पमा जान पाउनुपर्छ भन्ने मान्यता राख्दछ । नेपाली काङ्ग्रेस लोकतन्त्रको पक्षधर हो । यो दलले लोकतन्त्रको रक्षाका लागि कार्य गरेको हो र गर्छ पनि । काङ्ग्रेस र लोकतन्त्र एक–अर्काका पूरक भनिँदा आत्तिनुपर्ने कुरा पनि छैन । काङ्ग्रेस लोकतन्त्र मान्ने दल हुँदा यी कुरा आपत्तिजनक होइनन् ।

अब खेलाडी परिवर्तन गरेर मात्र पर्याप्त हुँदैन, हामीले पूरै खेल परिवर्तन गर्नुपर्छ । यदि तिमी परिवर्तनका लागि आफ्नो आवाजलाई त्याग्छौ भने त्यो स्थान अरूले लिन सक्छ । बच्चा जन्माउँदैमा तिमी पुरुष हुँदैनौ, यसका लागि बच्चालाई राम्रोसँग हुर्काउन सक्नुपर्छ भन्ने बाराक ओबामाका भनाइहरू हाम्रा लागि पनि उत्तिकै सामयिक छन् ।

बहुदलीय व्यवस्था भएर मात्र हुँदैन, बहुदलीय व्यवस्थामा प्रतिपक्ष, जनता र मिडिया पनि सक्षम हुनुपर्छ । अन्यथा बहुदलीय व्यवस्था तानाशाही व्यवस्थाजस्तो बाहिर कुरूप नभए पनि भित्र कुरूप नै हुन्छ । परिणाम भने बाहिर पनि देखिन्छन् । यो कुनै पनि दलको सरकार बन्दाका लागि स्थायी सोच र सूत्र नै हो ।

काङ्ग्रेसका नेता–कार्यकर्ताले गल्ती गरेमा लोकतन्त्र भनेको त्यस्तै गल्ती गर्नेहरूको व्यवस्था हो भनेर चिनाउने कार्य अहिले पनि हुने गर्छ । ०४६ भन्दा पहिला त काङ्ग्रेस र लोकतन्त्र एक–अर्काका पूरकजस्तै देखिएका हुन् । नेपाली काङ्ग्रेस लोकतन्त्रको पक्षधर हो । यो दलले लोकतन्त्रको रक्षाका लागि कार्य गरेको हो र गर्छ पनि । काङ्ग्रेस र लोकतन्त्र एक–अर्काका पूरक भनिँदा आत्तिनुपर्ने कुरा पनि छैन । काङ्ग्रेस लोकतन्त्र मान्ने दल हुँदा यी कुरा आपत्तिजनक होइनन् । काङ्ग्रेसले लोकतन्त्रको सम्मान गरेको हो । यसले लोकतन्त्रलाई जनताको अधिकार संरक्षण गर्ने सबैभन्दा उपयुक्त माध्यम देखेको हो । काङ्ग्रेस जनताभन्दा धेरै कमजोर रहन चाहन्छ र जनताको हित गर्न नसके जनताले सबैभन्दा सजिलैसँग काङ्ग्रेसलाई हटाउन पाउनुपर्छ र त्यसको विकल्पमा जान पाउनुपर्छ भन्ने मान्यता राख्दछ । तर, काङ्ग्रेस वा कुनै पनि राजनीतिक दलले गल्ती गरेमा वा अझ राम्रो कार्य गर्ने विकल्प देखिएमा त्यसलाई जनताले छान्न पाउनुपर्छ र यो पारख गर्ने अधिकार जनतामा सधैँभरि सुरक्षित हुनुपर्छ भन्ने भावना काङ्ग्रेसको आन्तरिक चुनावमा नै लोप हुनुभएन ।

सैद्धान्तिक रूपमा नै काङ्ग्रेस प्रस्ट देखिन्छ । कुनै पनि दल मानिसको दल हो । त्यो दलबाट गल्ती हुन सक्छ । दलका मानिसमा मानवीय कमजोरी यथावत् हुन्छन् । काङ्ग्रेस आफू बलियो हुनलाई लोकतन्त्र चाहेको होइन । लोकतन्त्र जनताको तन्त्र हो र काङ्ग्रेसले जनताको तन्त्र चाहेको हो । कसैले पनि गल्ती गरेमा जनताले कानुनी र चुनावी माध्यमबाट गल्ती गर्नेलाई सजाय गर्न पाउनुपर्छ भन्नेमा काङ्ग्रेस प्रस्ट छ । तर, यो सुनाउने अवस्थाको अन्त्य काङ्ग्रेसले नै गर्नुहुँदैन ।

काङ्ग्रेस बलियो बन्न राम्रो देखिनुपर्छ र राम्रो देखिन दलभित्रको व्यक्तिगत गुटको अन्त्य आवश्यक हो । अहिले चर्चामा आएका करिब २० जना काङ्ग्रेस युवा नेताको भर पर्न र गुटभन्दा बाहिर उनीहरूको मूल्याङ्कन हुन सकेमा पनि काङ्ग्रेसले धेरै गर्न सक्छ । बीपीले भनेजस्तै विकास र शान्ति सँगसँगै लग्न जनहितकारी विकास चाहिन्छ र यो गर्न पात्र राम्रो भएमा मात्र सम्भव हुन्छ र जनताले पत्याउँछन् ।