कोरोनापीडित गर्भवती महिलाको बच्चालाई कोरोना नहुने

कोरोनापीडित गर्भवती महिलाको बच्चालाई कोरोना नहुने


कोरोना भाइरसबाट पीडित गर्भवती महिलाको बच्चालाई कोरोना सङ्क्रमण नहुने चीनका अनुसन्धानकर्ताले बताएका छन् । चीनमा हालै चारजना कोरोना भाइरसबाट पीडित गर्भवती महिलामा गरिएको प्रशिक्षणमा बच्चालाई कोरोनाको प्रभाव नदेखिएपछि यो विषय प्रकाशमा ल्याइएको हो ।

अनुसन्धानकर्ताका अनुसार हालै चारजना कोरोना भाइरसबाट पीडित महिलाबाट जन्मिएका नवजात शिशुको परीक्षण गर्दा कोरोना भाइरसको कुनै लक्षण देखिएको थिएन । यतिबेला ती नवजात शिशुलाई परीक्षणको लागि नियोनेटल युनिटमा राखिको र प्रशिक्षण गर्दा ज्वरो र खोकीको कुनै लक्षण देखिएको थिएन ।

चार बच्चामध्य तीनजनाको टेष्ट लिने कार्य भए पनि चौथो बच्चाकी आमाले टेष्ट गराउन नमानेको पनि अनुसन्धानकर्ताले खुलासा गरेका छन् । ती चारै बच्चा स्वस्थ्य रहेको अनुसन्धानकर्ता डा. येलेन लिउले बताए । साधारण स्वास्थ्यसमस्या आउनु स्वभाविकै भए पनि त्यसमा कोरोना भाइरसको कुनै पनि सम्बन्ध नभएको लिएले बताए ।

त्यस्तै नवजात शिशुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सिजिरियन डेलिभरि उपयुक्त हुने अनुसन्धानकर्ता डा. लीउले बताएका छन् । साथै सामान्य डेलिभरि संक्रमणका हिसाबले कति सुरक्षित छ, त्यसको लागि अनुसन्धान भैरहेको बताए ।