शम्भू बास्तोला मेमोरियल फुटसल प्रतियोगिता

शम्भू बास्तोला मेमोरियल फुटसल प्रतियोगिता


नेपाली राष्ट्रिय फुटबल टीमका चर्चित खेलाडी तथा गोल कीपर शम्भू बास्तोलाको स्मृतिमा ‘शम्भू बास्तोला मेमोरियल फुटसल प्रतियोगिता’ हुने भएको छ । उक्त कुरा आयोजक समित बास्तोलाले जानकारी गराएका छन् ।

प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ । जसलाई चार समुहमा विभाजन गरिएको छ । प्रतियोगिता चैत्र ७ देखि ८ गतेसम्म इटहरीको सुनसरीको एसडी फुटसल हलमा हुनेछ ।

लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टीमबाट प्रतिनिधित्व गरेका बास्तोलाको गत वर्ष कार दुर्घटनामा निधन भएको थियो ।