साता दिनका लागि सम्पूर्ण खेल गतिविधि बन्द

साता दिनका लागि सम्पूर्ण खेल गतिविधि बन्द


राष्ट्रिय खेलकुद परिषदले एक साताका लागि खेलकुदका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस विश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह स्थिति श्रृजना भैरहेको र त्यसमा सचेतना अपनाउन खेलकुदका सम्पूर्ण कार्यक्रम बन्द गरिएको राखेपले जनाएको छ ।

यतिबेला मुलुकमा कोरोनाको जोखिम अत्याधिक बढेको र त्यसमा सचेतना अपनाउनु अत्यावश्यक भएको बताउँदै खेलकुदसंग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेलाहुने सम्पूर्ण गतिविधि तत्काललाई एक साताका लागि बन्द गरेको जानकारी गराएको छ ।

सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक साताका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने र त्यस पश्चात परिस्थिति हेरेर निर्णय गरिने निर्णय गरेको हो । यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसंग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले अनुरोध गरेको छ ।