पूर्वअध्यक्ष कार्कीको मृत्यु ‘कोरोनाका कारण नभएको’ प्रष्टोक्ति

पूर्वअध्यक्ष कार्कीको मृत्यु ‘कोरोनाका कारण नभएको’ प्रष्टोक्ति


■ सविना कार्की, दक्षिण कोरिया

सुदुरपश्चिम समाज (दक्षिण कोरिया)का पूर्वअध्यक्ष नवीन कार्कीको कोरोनाको कारण कोरियामा मृत्यु भएको भनेर केही अनलाइन मिडियामा प्रकाशित भएको समाचारप्रति सुदुरपश्चिम समाज, दक्षिण कोरियाका महासचिव ओम साउदले खेद प्रकट गरेका छन् ।

प्रेस विज्ञप्ति प्रकाशित गरी महासचिव साउदले जनाएअनुसार दिवंगत नवीन कार्की आफ्नो कोरिया बसाई नोभेम्बर २०१७ मै सकेर स्वदेश फर्किएका व्यक्ति हुन् । समस्त कोरियावासी नेपालीलाई सम्बोधन गर्दै विज्ञप्तिमार्फत् साउदले जनाएअनुसार केही दिनअघि उपचारको क्रममा कोहलपुर, बाँकेमा भएको उनको निधन कोरोना भाइरसको कारण नभई अन्य रोगका कारण भएको हो । भ्रामक समाचारबाट त्रसित नहुन र कोरोना लाग्नबाट बच्ने विभिन्न उपायहरु अवलम्बन गरी सुरक्षित रहन उनले अपिल गरेका छन् ।