कोरोनाको चपेटामा ‘आईपीएल’ : बीसीसीआई पर्ख र हेरको स्थितिमा

कोरोनाको चपेटामा ‘आईपीएल’ : बीसीसीआई पर्ख र हेरको स्थितिमा


कोरोना भारइसको प्रकोपका कारण १३औं इन्डियन प्रिमियम लिग (आईपीएल) को निर्धारित मितिमा सारणी भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यसबारे जानकारी गराएको छ ।

गत साता भारत सरकारले १५ अप्रिलसम्मका लागि विभिन्न मुलुकबाट आउने विदेशीहरुलाई भारत आउन रोक लगाएपछि आइपीएलको मिति सारणी गरिएको हो ।

विश्वकै नम्बर एक क्रिकेट लिगको रुपमा परिचित आईपीएल मार्च २९ देखि शुरु हुँदै थियो । भारत सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै अप्रिल १५ सम्म विदेशीलाई भारत आउन प्रतिबन्ध लगाएपछि यस्तो अवस्थाको सिर्जना भएको हो । भारत सरकारले रोक लगाएको समयमा विदेशी खेलाडीले सहभागिता जनाउन नसक्ने भएका कारण हाललाई आईपीएल १८ दिन पछि सरेको हो ।

आईपीएलको मिति सरेपछि बीसीसीका अध्यक्ष सौरभ गांगुलीले आफ्नो प्रमुख प्राथमिकता सुरक्षा भएको बताएका छन् । सुरक्षा सर्वोपरि भएको भन्दै उनले वर्तमान अवस्थामा सरकारको निर्देशनको पालना गर्नुभन्दा अर्को विकल्प नभएको बताए । यतिबेला कोरोनाका कारण विश्वभरिकै स्थिति गम्भीर छ, त्यस्तो अवस्थामा निकै सोचविचारका साथ कदम उठाउनु पर्ने भएकोले सोही बमोजिम पर्ख र हेर भन्ने रणनीतिमा बोर्ड पुगेको गांगुलीले बताए ।

अब आईपीएलको नयाँ मिति कहिले तोकिन्छ त्यसको वारेमा वोर्डले कुनै निर्णय लिएको छैन । यतिबेला आईपीएलको आयोजना कहिले र कसरी गर्ने सम्वन्धमा फ्रेन्चाइजी क्लबका मालिकसंग छलफल भैरहेको छ । उक्त छलफलमा नयाँ मिति तोक्ने वाहेक समुह विभाजन र आइपीएलको समय छोट्याउने बारेमा समेत चर्चा भैरहेको छ । यतिबेला ६ देखि ७ विकल्पमा छलफल भैरहेको छ, अन्तिम टुङ्गो लागेको छैन, भविष्यमा समयले कस्तो मोड लिन्छ ? त्यसपछि अन्तिम टुङ्गो लाग्छ अध्यक्ष गांगुलीले भने ।

हामी प्रत्येक साता यो स्थितिको समिक्षा गर्नेछौँ, किनकि हामी आईपीएल गर्न चाहन्छौँ, हामी स्थितिको सुधारको प्रतिक्षामा छौँ, यदि स्थितिमा सुधार आयो भने मार्चको अन्तिमतिर आईपीएलको नयाँ मिति तोक्ने छौं गांगुली भने । यतिबेला कोरोनाका कारण आइपीएल १८ दिन पछि सरेको छ, यो समय निकै छोटो हो तर सुरक्षालाई भने अनदेखि गरि प्रतियोगिता आयोजना गर्न नसकिने गांगुलीले बताए ।

यतिबेला कोरोना भाइरसका कारण दक्षिण अफ्रिका विरुद्धको तीन एकदिवसिय क्रिकेट श्रृंखला स्थगित भएको छ । त्यस्तै घरेलु स्तरमा संचालन हुने र भैरहेका क्रिकेट प्रतियोगितामाथि समेत वोर्डले रोक लगाएको छ ।