प्रम ओलीलाई ‘रिपोर्टिङ’ गर्न प्रचण्ड पुगे बालुवाटार

प्रम ओलीलाई ‘रिपोर्टिङ’ गर्न प्रचण्ड पुगे बालुवाटार


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले शनिबार (१ चैत) बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरी शुक्रबार ‘डिस्चार्ज’ भएका थिए ।

सो क्रममा प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्रीलाई बधाई दिएका थिए । भेटमा उनले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका र समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका बताइएको छ ।