शंखडोल कराते डोजोद्वारा ग्रान्डमास्टर सिन्जेको स्वागत

वर्ल्ड सितोरियो कराते फेडेरेसनका प्रेसिडेन्ट तथा ग्रान्डमास्टर हान्सी इवाटा सिन्जेलाई नेपाल सितोरियो कराते संघ शंखडोल शाखा डोजोले स्वागत गरेको छ ।



सिन्जेलाई शंखडोल डोजोका संस्थापक तथा प्रमुख प्रशिक्षक शिवराम कारन्जित लगायत डोजोका खेलाडी तथा पदाधिकारीले स्वागत गरेका हुन् । उक्त स्वागत कार्यक्रममा अध्यक्ष कारन्जितले प्रेसिडेन्ट सिन्जेलाई मायाको चिनो प्रदान गरेका थिए ।

सो अवसरमा नेपाल सितोरियो कराते महासंघका अध्यक्ष दावा गुरुङ लगायत महासंघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । प्रेसिडेन्ट सिन्जे गतसाता नेपाल सितोरियो कराते महासंघको निमन्त्रणामा नेपाल आएका हुन् ।

प्रतिक्रिया