तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप स्थगित

तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप स्थगित


आउँदो चैत १९ देखि २३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुन गैरहेको तेस्रो माउन्ट एभरेष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप स्थगित भएको छ । नेपाल तेक्वान्दो संघले फागुन २९ गते एक विज्ञप्ती जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

कोरोना भाइरसको विश्वव्यापी रुपमा महामारी फैलिरहेको अवस्थामा यसको संक्रमणलाई मध्यनजर राख्दै अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप स्थगित गरिएको तेक्वान्दो संघले बताएको छ । प्रतियोगितामा सहभागि विदेशी राष्ट्रका खेलाडीहरुले प्रतियोगितामा सहभागिताको लागि अरुचि देखाएका कारण पनि प्रतियोगिता स्थगित गरिएको हो ।
साथै भविष्यमा परिस्थितिको अनुकुलतालाई दृष्ट्रिगतगरि प्रतियोगिताको मिति तय गरिने संघले जानकारी गराएको छ ।

त्यस्तै तेक्वान्दो खेलको सर्वोच्च अन्तर्राष्ट्रिय संस्था विश्व तेक्वान्दो महासंघले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई स्थगन गरेको छ । साथै सदस्य राष्ट्रहरुलाई समेत वृहत कार्यक्रम तथा प्रतियोगिताहरुको आयोजना नगर्न निर्देशन दिएको छ ।

महासंघको निर्देशनसंगै यसै वर्ष जापानको टोकियोमा आयोजना हुन गैरहेको ओलम्पिक प्रतियोगिताका लागि चीनमा हुने छनोट प्रतियोगिता र लेबनानको बेरुतमा हुने एशियाली तेक्वान्दो प्रतियोगिता तथा एशियाली पारा तेक्वान्दो प्रतियोगिता लगायतका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थगित भएको संघले जानकारी गराएको छ ।
त्यस्तै नेपाल तेक्वान्दो संघले बर्तमान विषम परिस्थितिलाई आत्मसात गदैए महासंघको निर्देशनको पूर्ण पालन गर्दै परिस्थितिको सुधार नहुँदासम्म हाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कुनैपनि कार्यक्रमहरुको आयोजना नगर्ने बताएको छ ।