ओलम्पिक छनोटमा बक्सिङ खेलाडीको ऐतिहासिक जित

ओलम्पिक छनोटमा बक्सिङ खेलाडीको ऐतिहासिक जित


जोर्डनको अमानमा भएको एसिया ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली स्वदेश फर्किएको छ ।

मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

सनिलले १ बाउट जिते । उनले किर्गिस्तानका उन्मोनोभ बखोदुरलाई पराजित गरेका थिए । नेपाली बक्सिङको इतिहासमा कुनैपनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ संघले जनाएको छ ।

मिनुलाई भने कोरियाली खेलाडी इम अईजीले पहिलो चरणमै हराइन् । प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर र अलिशेर राखिमोभ रहेका छन् ।