कोरियामा कोरोना भाइरसको प्रकोपमा तीव्रता

कोरियामा कोरोना भाइरसको प्रकोपमा तीव्रता


■ सविना कार्की, दक्षिण कोरिया

कोरियामा कोरोना भाइरसको प्रकोप निकै बढ्दो छ । विहीबार (१५ फागुन) मात्र संक्रमितको संख्या ५०५ पुगेको छ। भने १७६६ जना कोरोना भाइरस बाट संक्रमित भैसकेका छन् । यस्तै, १३८८० जनामा लक्षण फेला परेको कोरियाको स्वास्थ मन्त्रालयअन्तर्गत सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

एनआरएनए कोरियाका सचिव मनोज गौतमले दिएको जानकारीअनुसार सोमबारसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ८३३ जना थियो भने मंगलबार संक्रमितको संख्या बढेर ९७७ पुगेको थियो । यसैगरी बुधबारसम्ममा १२६१ जना पुगेको थियो यो संख्यामा ५०५ बढेर बिहिवार १७६६ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पगेको छ ।

त्यसैगरी २५ हजार ५६८ जनामा कोरोना भाइरसको लक्षण देखा परेर चेकजाँच लिई विशेष निगरानीमा छन् । २६ जना संक्रमित भर्इ सामान्य अवस्थामा फर्केपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस संक्रमित विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या सबैभन्दा धरै थेगुमा देखा परेको छ । फेब्रुअरी २७ साझसम्म थेगुमा मात्र ११३२ जनामा उक्त भाइरस संक्रमित फेला परिसकेको छ ।

कोरोनाभाइरस सङ्क्रमीत्को सङ्ख्या अझै बढ्ने सक्ने खतरा देखिएको छ । कोरीयास्थित नेपाली दुतावासले विज्ञप्ति निकल्दै सम्पूर्ण नेपालीहरुलाई सचेत रहन आह्वान गरिसकेको छ भने अवैधानिक रहेका कादारहरुलाई पनि लक्षण देखापरे सरकारी अस्पतालमा निःशुल्क उपाचार गर्ने र उपचार गर्ने सिलसिलामा नपक्रिने पनि जानकारी गराएको छ ।

कोरियन सरकारले संक्रमित क्षेत्रलाई विशेष निगरानीमा राखेर सतर्कता अपनाइरहेको छ तर संक्रमण भने दिनदिनै बढ्दो छ । थेगुमा विशेष निगरानी गरिएको छ भने त्यहाँ विवाह पार्टी, भोजभतेरलगायत जमघट हुन निषेधित गरिएको छ । कोरोना भाइरससंक्रमित बढेसँगै कोरियामा कार्यरत नेपालीहरुमा उत्तिकै त्रास बढिरहेको छ ।