अब पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर

अब पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर


सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ लिने भएको हो ।

बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता रहेका सूचना तथा प्रविधि सञ्चारमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने निर्णय गरेको हो । यसअघि बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएकोमा अब सो करमा ५ रुपैयाँ थपेर १० पुऱ्याइएको हो ।