सीपी मैनाली सवारी दुर्घटनामा परी घाइते

सीपी मैनाली सवारी दुर्घटनामा परी घाइते


नेकपा (माले) का महासचिव सीपी मैनाली बिहीबार सवारी दुर्घटनामा परी घाइते बनेका छन् । झापाबाट काठमाडौं आउने क्रममा उनी सवार गाडी महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा दुर्घटनामा परेको हो ।

उनी चढेको बा.७च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना.४ख ७६८० नम्बरको पिकअफ भ्यान एक–आपसमा ठोक्किँदा मैनाली घाइते बनेका छन् । उनको टाउको, ढाड र खुट्टामा चोट लागेको छ ।

मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । थप उपचारका लागि उनलाई काठमाडौं पठाउन हेलिकोप्टर मगाइएको छ ।

मैनाली छोरा, बुहारी, नाति र चालकसहित काठमाडौं आउँदै थिए । उनीहरू सबै घाइते भएका छन् ।