मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु


पर्सामा मिलको फित्तामा बेरिएर एक महिलाको ज्यान गएको छ । बिहीबार बिहान करिब ९ बजेतिर पर्साको धोबिनी गाउँपालिका– ३ की ४२ वर्षीया ललितादेवी ठाकुरको मिलको फित्तामा बेरिएर मृत्यु भएको हो ।

मिलमा धान कुट्ने क्रममा ठाकुरको लुगा मिलको फित्तामा बेरिएको थियो । फित्तामा कपडा बेरिएपछि ठाकुर लतारिएकी थिइन् । सोही क्रममा मिलको पट्टामा बेरिएर ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस विषयमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।