चार सहकर्मीको हत्यापछि आत्महत्या

चार सहकर्मीको हत्यापछि आत्महत्या


नाइजेरियाली सेनाका एकजना सिपाहीले बुधबार अफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।

नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरू दुईजना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरूको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए ।

उक्त घटनाबारे सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताए ।