नेप्सेमा ५१ अंकको वृद्धि, सवा चार अर्बको कीर्तिमानी कारोबार

नेप्सेमा ५१ अंकको वृद्धि, सवा चार अर्बको कीर्तिमानी कारोबार


केही दिनदेखि लगातार बढिरहेको सेयर बजारले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । सेयर बजारमा बुधबार सबा चार अर्बको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च कारोबार अंक हो ।

बुधबार नेप्से परिसूचक ५१ अंकले बढेको छ । नेप्से परिसूचक बुधबार ५१ अंकले बढेर १५९६.१३ बिन्दुमा उक्लिएको छ । १८० कम्पनीको ४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९९ लाख ६ हजार ९८९ कित्ता सेयर खरिद–बिक्री भएका छन् । कारोबार भएका १२ वटै समूहका सूचक बढेका छन् ।

सबैभन्दा बढी जीवन बिमा समूह ५७१.१८ अंकले र निर्जीवन बिमा समूह २३३.५१ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ५०.४७ अंकले वृद्धि भएको छ ।

सेयर बजारले नरुचाएका अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न नेकपाको औपचारिक निर्णयपछि बजारमा एकाएक बढेको हो ।