यसकारण घट्दै छ दक्षिण कोरियामा जन्मदर

यसकारण घट्दै छ दक्षिण कोरियामा जन्मदर


लगातार घट्दै गएको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । करिब पाँच करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९) मा केवल तीन लाख शिशुको जन्म भएको अधिकारीहरूले बताएका छन् ।

कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयु भएका व्यक्तिहरु छन्, तर जन्मदर भने सबैभन्दा न्यून छ । यी दुई पृथक सूचकका कारण कोरियाली जनसांख्यिक संरचनामै ठूलो संकट आउने अवस्था सिर्जना भएको छ ।

परम्परागत सामाजिक मूल्यमान्यता, महिलाहरूमाथि बालबच्चा हुर्काउन सामना गर्नुपर्ने बोझ र आफ्नो करिअरजस्ता अवरोधले कोरियाली महिलालाई बालबच्चा जन्माउन दुरुत्साहित गरेको अध्ययनले देखाएको छ

कोरियाली तथ्यांक ब्युरोले सन् २०१९ मा कुल ३ लाख ३ हजार १०० बालबच्चा जन्मिएको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो ७.३ प्रतिशत कम हो ।

मुलुकको प्रजनन दर पनि ०.९२ मा झरेको छ । प्रजनन दर भन्नाले एक महिलाले आफ्नो जीवनकालमा अपेक्षा गरेको बच्चाहरूको कुल संख्या हो । यो लगातार दोस्रो वर्ष पनि एकभन्दा कमै छ, र जनसंख्यालाई स्थिर राख्न चाहिने २.१ भन्दा यो निकै कम हो ।

परम्परागत सामाजिक मूल्यमान्यता, महिलाहरूमाथि बालबच्चा हुर्काउन सामना गर्नुपर्ने बोझ र आफ्नो करिअरजस्ता अवरोधले कोरियाली महिलालाई बालबच्चा जन्माउन दुरुत्साहित गरेको अध्ययनले देखाएको छ ।

सरकारले जन्मदरमा सुधार ल्याउन सन् २००६ यता एक खर्ब ४८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ । तर, सन् २०६७ सम्ममा कोरियाली जनसंख्या तीन करोड ९० लाखमा झर्ने प्रक्षेपण गरिएको छ । सन् २०६७ मा कोरियालीको मध्यम आयु बढेर ६२ वर्ष पुग्नेछ ।
रासस–एएफपी