नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सचिवालयका सबै सदस्यहरू सहभागी छन् ।

आजको सचिवालय बैठक अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाका बारेमा केन्द्रित हुने बताइएको छ ।

बैठकमा एमसीसीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि अरू नेताहरूले के गर्ने भन्ने निर्णय गर्ने बुझिएको छ ।

फागुन ९ मा नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझाबसहित दुवै अध्यक्षलाई बुझाएपछि १० फागुनमा बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन ।

यसैगरी आजको बैठकमा पूर्वसुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने बुझिएको छ । एमसीसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र नेकपाभित्रैबाट दबाब आउन थालेपछि नेकपाले सचिवालय बैठकमार्फत निर्णय गर्न लागेको बुझिएको छ ।