आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभागनजिक बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताए । ‘उक्त वायुको प्रभाव भोलिबाट बिस्तारै कम हुँदै जाने छ,’ उनले भने । उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
रासस