मंगलबार पनि नेप्सेमा ४३ अंकको उछाल, तीन अर्बको कारोबार

मंगलबार पनि नेप्सेमा ४३ अंकको उछाल, तीन अर्बको कारोबार


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से आज (मंगलबार) ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।

नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कुल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता सेयर रु. दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्यबराबरको सेयर कारोबार भयो ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १२.८९, व्यापार ४७.०९, होटेल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत ४६.५१, वित्त १९.४२, निर्जीवन बिमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बिमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो ।

स्टकका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु. १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी रु. १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स रु. नौ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक रु. नौ करोड ३५ लाख नौ हजार ६६६ र एनआईसी एशिया बैंकको रु. नौ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८ र लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ९.९३ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३.६३, प्रोग्रेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेस्ट बैंक १.९२, एनआईबीएल प्रगति फन्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाए ।
rss