‘साग’मा स्वर्ण विजेता विजयलाई काव्य स्कुलको सम्मान

‘साग’मा स्वर्ण विजेता विजयलाई काव्य स्कुलको सम्मान


१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता विजय सिंजालीलाई काव्य स्कुलले सम्मान गरेको छ । विद्यालयको अभिभावक दिवसका अवसरमा काव्यले विजयलाई सम्मानित तुल्याएको हो ।

आफ्नै भूमिमा सम्पन्न १३औं सागमा स्वर्ण जित्दै राष्ट्रको नाम उँचो बनाएको भन्दै काव्यले नगद १० हजार र सम्मानपत्रबाट विजयलाई सम्मान गरेको हो । उनलाई काव्य स्कुलका प्रिन्सिपल नवराज बाँस्कोटा र नेपाल सरकारका सचिव सूर्यप्रसाद गौतमले पुरस्कार प्रदान गरेका थिए ।

खेलकुदका माध्यमबाट देशको नाम उँचो बनाउन सफल खेलाडीको हौसला बढाउन विजयलाई सम्मान गरेको प्रिन्सिफल बाँस्कोटाले बताए । १३औं सागमा विजयले उसुको थाउलोमा स्वर्ण जितेका थिए । उनले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।

काव्यले यसअघि १३औं सागकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी संगीता बस्याललाई पनि नगदसहित सम्मान गरेको थियो ।