कर्णालीमा जिप खस्दा चालकको मृत्यु

कर्णालीमा जिप खस्दा चालकको मृत्यु


कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा मंगलबार बिहान जिप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु.१ज ४१४१ नम्बरको जिप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

जिपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जिपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । जिप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अहिले नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको छ ।
rss