डुंगा पल्टिँदा फेवातालमा एक बेपत्ता, दुईको उद्धार

डुंगा पल्टिँदा फेवातालमा एक बेपत्ता, दुईको उद्धार


पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवा बेपत्ता भएका छन् । सोमबार फेवालातमा डुंगा पल्टिएर बेपत्ता हुनेमा काठमाडौंका सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । अन्य दुईजनाको भने उद्धार गरिएको छ ।

काठमाडौंबाट पोखरा घुम्न गएका सुमित, रुपेश अधिकारी र सुविन चालिसेले डुंगा चालकबिनै आफैँले चलाएका थिए । तर, चलाउँदा चलाउँदै डुंगामा पानी भरिएपछि डुंगा तालमा पल्टिएको थियो ।

पानी भरिएर डुंगा पल्टिएपछि तालमा खसेका अधिकारी र चालिसेको उद्धार गरिए पनि लुइँटेल भने बेपत्ता भएको प्रहरीले जनाएको छ । हराइरहेका लुइँटेलको खोजीकार्य तीव्र पारिएको छ ।