भक्तपुरमा मिनीट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणीतर्फ जाँदै गरेको बा.३क ३५८८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ ।



ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने सवारीसाधन र सवारीचालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
rss

प्रतिक्रिया