अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् ।



राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिस ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए ।

मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।

भ्रमणमा राष्ट्रपतिका साथ उनकी पत्नी मेलानिया ट्रम्पसहित अन्य विशिष्ट व्यक्ति सहभागी रहेका छन् । विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा गएका छन् । त्यसपछि उनीहरू क्रिकेट रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।
रासस–एएफपी

प्रतिक्रिया