सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८०,३००

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८०,३००


सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सय बढेर ८० हजार तीन सय पुगेको छ । नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै उच्च हो ।

केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार तोलामा १५ सय बढेर नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १५ सय रुपैयाँ बढेर छापावाल सुन ८० हजार तीन सय सय रुपैयाँ पुगेको हो भने तेजावी सुनको मूल्य ८० हजार पुगेको छ ।

चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । सुनको मूल्य अझै केही बढ्ने नेपाली सुन व्यवसायी बताउँछन् ।