टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प, सातको मृत्यु

टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प, सातको मृत्यु


टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आज (२३ फेब्रुअरी) ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । जमिनको सतहदेखि १० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका छन् । भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

भूकम्पपछि भत्किएका भौतिक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको पनि सोयलुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । बताइएअनुसार पुरिएकाको खोजी कार्य भइरहेको छ ।

छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ ।