टोकियो ओलम्पिकमा ‘आजाद काश्मिर’ले सहभागिता जनाउने

टोकियो ओलम्पिकमा ‘आजाद काश्मिर’ले सहभागिता जनाउने


यसै वर्ष जापानको टोकियो शहरमा आयोजना हुने ओलम्पिक खेलकुद प्रतियोगिता ‘आजाद काश्मिर’ नामको घोडाले सहभागिता जनाउने भएको छ । ३८ वर्षीय पाकिस्तानीका घोडचढी खेलाडी उस्मान खान ओलम्पिकमा छनोट भएपछि यस्तो अवस्थाको सिर्जना भएको हो । उस्मान टोकियो ओलम्पिकमा छनोट हुने पहिलो पाकिस्तानी खेलाडी हुन् । उनले आफ्नो घोडाको नाम ‘आजाद काश्मिर’ राखेका छन् ।

उस्मानले ओलम्पिकमा प्रतिस्पर्धा गर्न उपायोग गरिने उक्त घोडाको नाम ‘आजाद काश्मिर’ राखेपछि अहिले राजनीतिक विवाद उत्पन्न हुने स्थिति बढेर गएको छ । भारतीय ओलम्पिक कमिटीले अहिलेसम्म मौनता साधे पनि उक्त नामको बारेमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा उजुरी गर्ने संकेत गरिसकेको छ ।

वर्तमान अवस्थामा काश्मिर विवादले भारत र पाकिस्तानको सम्वन्धमा तिक्तता आइरहेको अवस्थामा उस्मानले आफ्नो घोडाको नाम ‘आजाद काश्मिर’ राखेर टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने भएपछि यसले आगोमा घ्यू थप्ने कार्य गरेको छ ।

उस्मान खानले आफ्नो घोडाको नाम ‘आजाद काश्मिर’ राखेपछि उनमाथि कारवाही हुने या नहुने बारेमा अहिले सम्बन्धित निकायले यो विषयमा छलफल गरिरहेको बुझिएको छ । यो बारेमा उस्मानसँग सम्बन्धित निकायले कुराकानी समेत गरेर उनको राय समेत बुझेको थाहा भएको छ । सो क्रममा उस्मानले आफ्नो स्पष्ट धारणा राख्दै घोडाको नाम नबदल्ने बताएको छन् । साथै उस्मानले आफ्नो घोडाको नाम र विवादित काश्मिरसँग कुनै सम्वन्ध नभएको पनि बताएका छन् ।

अष्ट्रेलियामा बस्ने पाकिस्तानकी घोडचढी खेलाडी उस्मानले उक्त घोडा अष्ट्रेलियामा खरिद गरेका थिए । साथै, त्यसैबेला सन् २०१९ मा घोडाको नाम रजिष्टर गराएका थिए । घोडाको नाम बदल्न उस्मानले लगभग १ लाख नेपाली रुपैयाँ खर्च गरेका थिए । खरिद गरिनुपूर्व उक्त घोडको नाम ‘हेयर टु स्टे’ थियो । अहिले उस्मान उक्त घोडालाई ओलम्पिक लैजान प्रायोजकको खोजीमा रहेका छन् ।

उस्मान यसअघि सन २०१४ को दक्षिण कोरिया र २०१८ को इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको लागि पनि छनोट भएका थिए । तर, दुई पटक नै प्रायोजक नपाएपछि उनी एसियाड खेल्नवाट बन्चित भएका थिए । त्यसबेला उनीसँग अल बुराक नामको घोडा थियो ।