फिजम लोक सांस्कृतिकमा अर्किडको ह्याट्रिक

फिजम लोक सांस्कृतिकमा अर्किडको ह्याट्रिक


अर्किडले नवौं फिजम लोक सांस्कृतिक नृत्य प्रतियोगिताको उपाधि जितेको छ । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा अर्किड लगातार तेश्रो पटक विजेता बनेर ह्याट्रिक गरेको हो ।

वरिष्ठ नृत्य निर्देशक नारायणदेवी प्रधान र कृष्णभक्त महर्जन तथा नृत्य निर्देशक उदीराम खड्कासहितको तीन सदस्यीय निर्णायक मण्डलले सहभागी २७ विद्यालय मध्ये अर्किडलाई विजेता घोषणा गरेको हो । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भएको प्रतियोगितामा बेस्ट ग्रुप भिजन दोश्रो तथा मोनास्टिक तेश्रो भए ।

नृत्य प्रतियोगितामा अर्किडबाट रोशा गोले, सुष्मा खड्का, जलन सुब्बा, मेघा कार्की, सुनिता बस्नेत, रेश्मा पौडेल, प्रतिमा दाहाल, निसिका कट्वाल, आकाश चौधरी, इशान कार्की, प्रमिशा रसाइली र पुष्प कोइरालाले सहभागिता जनाएका थिए । भीमेसन तामाङ र पुष्प लामा विगत ८ वर्षदेखि अर्किडको नृत्य शिक्षकका रुपमा कार्यरत छन् ।

अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले विद्यालयले शिक्षाका साथै विद्यार्थीको चौतर्फी विकासका लागि अत्तिरिक्त कृयाकलापमा पनि उत्तीनै ध्यान दिइ रहेकोले अर्किडले विभिन्न अत्तिरिक्त कृयाकलापका प्रतियोगितामा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको बताए ।

विजेतालाई नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति नारायणभक्त श्रेष्ठ, फिजमका अध्यक्ष आरबी कटवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।