सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते


सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । सोही घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोसी गाउँपालिका– ४ सिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका र बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युतको मेन लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
rss