कुखुरा फार्ममा आगलागी हुँदा चार हजार कुखुरा र तीन हजार चल्ला जले

कुखुरा फार्ममा आगलागी हुँदा चार हजार कुखुरा र तीन हजार चल्ला जले


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हँुदा रु. १० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी किस्ना भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो ।

‘कमाइ खाने सहारा फार्म थियो,’ उनको भनाइ छ, ‘जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पुँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।’ राससका अनुसार आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएका थिए । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिए ।