एमसीसी नेपालको हितमा रहेको कमल थापाको जिकिर

एमसीसी नेपालको हितमा रहेको कमल थापाको जिकिर


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताए ।

अहिले देशको ठूलो चुनौती नै भ्रष्टाचार भएको तर्क गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त भएको दाबबी गरे ।

देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनको भनाइ थियो ।

एमसिसी बारेको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको उल्लेख गरे ।

एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको थापाको जिकिर छ । आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सङ्गठन विस्तारको अभियानमा अघि बढ्ने जानकारी दिए ।

pict: rss