एमसीसी परिमार्जन गरेर पास गर्ने दाहालको प्रष्टोक्ति

एमसीसी परिमार्जन गरेर पास गर्ने दाहालको प्रष्टोक्ति


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन ९एमसिसी० परिमार्जनसहित अनुमोदन हुने जानकारी दिएका छन् । शनिबार (१० फागुन) चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।

एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले शुक्रबार प्रतिवेदन पेस गरेको जानकारी दिँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास प्रकट गरे । एमसिसी कुनै बाइवल होइन भन्दै यसलाई परिमार्जन गरेर अघि बढाइने उनको जिकिर थियो । प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको खुलासाा समेत दाहालले गरे ।

दाहालले सरकारको कामका विषयमा आजैदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने उल्लेख गर्दै वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको दुःखेसो सुनाए ।