‘महाशिवरात्री तथा सेना दिवस–२०७६’ सम्पन्‍न

‘महाशिवरात्री तथा सेना दिवस–२०७६’ सम्पन्‍न


राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरुको आयोजना गरी शुक्रबार (९ फागुन)‘महाशिवरात्री तथा सेना दिवस(२०७६’सम्पन्न भएको छ । सेना दिवसको शुभ अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुभई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नुभएको थियो । सो क्रममा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस–२०७६’अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएपश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृतिसमेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो ।

सैनिक युद्धकला, शहरी इलाकामा ठूला र अग्ला भवनहरुमा हुने आगलागिको बेला फसेक व्यक्तिलाई हेलिकप्टर तथा उद्धारसम्बन्धी विशेष कलाको प्रयोग गरी उद्धार, मार्च पाष्ट, खुकुरी नृत्य, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षणसम्बन्धी विभिन्‍न हातहतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो । प्रत्येक वर्ष आयोजना गरिदै आएको फ्रि(फल जम्प प्रतिकुल मौसमका कारण आजको कार्यक्रममा समावेश गरिएको थिएन ।

सेना दिवसकै अवसरमा प्रमुख अतिथि राष्ट्रपतिद्वारा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही बार्षिक २०७६’को विमोचन गर्नुका साथै यही फाल्गुन ६ गते प्रधानसेनापति पूर्णचन्द्र थापाबाट भएको निरीक्षणको क्रममा संचालन भएको फ्रि-फल जम्पमा प्रथम हुने कार्यहुद्दा लक्ष्मण बजगाई र द्वितिय हुने जमदार राम बस्नेतलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

‘महाशिवरात्री तथा सेना दिवस २०७६’को अवसरमा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसा पत्र प्राप्त गर्नेहरुमा रथीवृन्द तथा अधिकृत १५५ जना, पदिक तथा अन्य दर्जा ११४ जना, अवकाश प्राप्त पदिक एकजना, अन्य दर्जा मरोणपरान्त एक जना, कोरोना टाक्स फोर्समा कार्यरत अधिकृत, पदिक र अन्यदर्जा १९ जना रहेका छन् । यस्तै १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका खेलाडिहरु १०६ जना, ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७६ मा सहभागी सैनिक खेलाडिहरु तथा करारमा रहेका खेलाडिहरु गरी ३५ जना, सरकारी तथा गैरसरकारी व्यक्तिहरु ३८ जना, युद्धकार्य तयारीपन निरीक्षणमा प्रथम भएको पृतना र बाहिनी दुई र गैरसैनिक निकाय दुई रहेका छन् ।

सोही अवसरमा प्रधानसेनापति थापाले निम्नानुसार निशान, ट्रफी तथा पुरस्कारहरु वितरण गर्नुभएको छ–

■ श्री कालीरक्षा गण (ई) र श्री कीर्तिदल गणलाई निशान झण्डा,
■ २०७५ सालको युद्धकार्य तयारीपन निरीक्षणमा प्रथम भई प्रधानसेनापति व्यानर प्राप्त गर्ने श्री श्रीजंग गण
■ प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणतर्फ प्रथम भएको श्री बटुकदल गण र गुल्मतर्फ श्री हनुमानध्वज गुल्मलाई प्रकृति संरक्षण ट्रफी,
■ शारीरिक तन्दुरुस्ती परीक्षामा पुरुषतर्फ प्रथम भएका सहसेनानी अजयजंग सुवेदी र महिलातर्फ प्रथम भएकी सह सेनानी देवी कुमारी पुनलाई पुरस्कार,
■ प्रधानसेनापति सफल लघुवित्त उद्यमी सम्मान २०७६ मा महिलातर्फ प्रथम हुन सफल दिवंगत जमदार बालकुमार पौडेल (अ.प्रा.)को श्रीमति सिर्जना पौडेल खत्रीलाई र पुरुषतर्फ प्रथम हुन सफल जमदार टेकबहादुर ओली (अ.प्रा.) लाई पुरस्कार तथा प्रधानसेनापति उत्कृष्ट उद्यमी २०७६ बाट महासेनानी प्रकाश आचार्य (अ.प्रा.)लाई सम्मान तथा पुरस्कार,
■ प्रधानसेनापती उत्कृष्ट कृषकबाट हुद्धा डबल बहादुर बस्नेत (अ.प्रा.) सम्मानित तथा पुरस्कार,
■ प्रमुख सेनानी स्व।ईन्द्र बहादुर कुंवरलाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान २०७६ बाट सम्मानित तथा पुरस्कार,
■ प्रधानसेनापति उत्कृष्ट समाज सेवा सम्मान २०७६ बाट सुवेदार धनबहादुर खड्का (अ.प्रा.)लाई पुरस्कार
■ सैनिक ड्रिल प्रतियोगिता-२०७६ मा प्रथम हुन सफल श्री मध्य पृतना हे।क्वा। तथा द्वत्तिय श्री पश्चिम पृतना हे।क्वा।लाई पुरस्कार
■ मानार्थ उपसेनानी दर्जामा पदोन्नति हुनुहुने ७७ जना पदिकहरुमध्ये उपस्थित २०जनालाई दर्ज्यानी चिन्ह प्रदान,
■ १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा राष्ट्रको गौरव र गरिमा बढ्ने गरी विभिन्‍न पदकहरु जित्‍न सफल नेपाली सेनाका सकलदर्जालाई पुरस्कार ।