सञ्चारमन्त्रीले राजीनामा दिए, अब संसद् नरोकौँ : सभामुख सापकोटा

सञ्चारमन्त्रीले राजीनामा दिए, अब संसद् नरोकौँ : सभामुख सापकोटा


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’सम्बन्धी अडियो सार्वजनिक भएर विवादमा परेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । शहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हालेका मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गरेका सभामुख अग्निप्रसाद सापकोटाले खुलासा गरेका हुन् ।

आाज (८ फागुन)को प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । सञ्चारमन्त्रीको लिखित राजीनामा आउने विश्वास दिलाउँदै सभामुख सापकोटाले संसद् सुचारु गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।