चाँदी र तामाका सामानसहित काठमाडौंका दुई युवा मेचीबगरमा पक्राउ

चाँदी र तामाका सामानसहित काठमाडौंका दुई युवा मेचीबगरमा पक्राउ


झापाको मेचीनगर नगरपालिका–६ मेची खोलाछेउबाट प्रहरीले ठूलो परिणाममा चाँदी र तामाको सामानसहित दुईजनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौं महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ११ केजी नौ सय ग्राम चाँदी र २१ केजीबराबरको तामाका सामान बरामद गरेको थियो । राससका अनुसार बरामद सामान र पक्राउ परेका दुवैलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।