आरआर कलेजमा दुई विद्यार्थी समूहबीच झडप

आरआर कलेजमा दुई विद्यार्थी समूहबीच झडप


काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा अध्ययनरत दुई समूहका विद्यार्थीबीच झडप भएको छ । सोमबार बिहान नेपाल विद्यार्थी संघ र अनेरास्ववियु समर्थित विद्यार्थीबीच ढुंगा, इँट्टा हानाहान भएको हो । झडपपछि प्रहरी परिचालन गरिएको थियो ।

नेविसंघले अनेरास्ववियु समर्थक विद्यार्थीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको जनाएको छ । तर, अनेरास्ववियुले भने झगडा सांगठनिक नभई व्यक्तिगत भएको जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै नेविसंघसमर्थित विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । नेविसंघले पुष्कर बास्तोला, सञ्जीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा लगेको जनाएको छ ।