बैठक सारिए अनिष्ट हुने चेतावनी

बैठक सारिए अनिष्ट हुने चेतावनी


कात्तिक १७ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक कुनै बहानामा स्थगित गरिने हो कि भन्ने कुराले एकीकृत माओवादीभित्रको क्रान्तिकारी धारका नेताहरूलाई चिन्तित तुल्याएको छ । पार्टीभित्रको विवादलाई बैठक बसेरभन्दा पनि सारेर निष्कर्ष गर्दै आएका स्वभावका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहारबाट आजित भएका उपाध्यक्ष मोहन वैद्य खेमाका नेताहरू कात्तिक १७ गतेको केन्द्रीय बैठकबाट पार्टी महाधिवेशनको मिति तोक्ने निर्णय गर्ने तयारीमा जुटेका छन् । त्यसैगरी प्रधानमन्त्री बाबुरामको राजीनामा माग्ने तयारी पनि उनीहरूले गरिरहेका छन् । बाबुरामबाट राष्ट्रघाती काम भएकोले उनको राजीनामा अपरिहार्य रहेको वैद्यनिकट नेताहरूको धारणा छ । तर, पार्टीमा आफू अल्पमतमा पर्नसक्ने वा विवाद समाधान हुन नसक्ने देखिएपछि बैठक स्थगित गर्ने परम्परालाई निरन्तरता दिँदै आउनुभएका अध्यक्ष प्रचण्डले फेरि बैठक स्थगित गर्ने हुन् कि भन्ने आशङ्का कायम रहेको माओवादी वैद्य पक्षका एक नेताले मंगलबार घटना र विचारसँग भन्नुभयो ।
नयाँबजार सूत्रका अनुसार अध्यक्ष प्रचण्ड कात्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाउने पक्षमा हुनुहुन्न । बाबुराम भट्टराईलाई हटाएर आफू प्रधानमन्त्री बन्ने वातावरण पार्टीभित्र तयार भएमा मात्र प्रचण्ड केन्द्रीय समितिको बैठक बोलाउने नत्र नबोलाउने पक्षमा रहनुभएको बताइन्छ । सूत्रका अनुसार आफूविरुद्ध सडक आन्दोलनमा उत्रिएका उपाध्यक्ष मोहन वैद्यले आत्मालोचना गर्ने अवस्था सिर्जना भएमा मात्र बैठक बोलाउने पक्षमा प्रचण्ड रहनुभएको छ । तर, उपाध्यक्ष वैद्यले बैठकमा आत्मालोचना गर्ने सम्भावना छैन । त्यसैले अध्यक्ष प्रचण्ड कुनै पनि बहानामा बैठक सार्नुपर्छ भन्नेमा हुनुभएको बुझिएको छ । यदि त्यो सम्भावना नभए बैठक थालनी गरेर अनिश्चितकालका लागि स्थगित गर्ने सोचाइमा उहाँ रहनुभएको बुझिन्छ ।
‘अध्यक्ष प्रचण्ड गल्ती सच्याउनेभन्दा पनि थप गल्ती गर्दै हिँड्नुभएको छ, त्यसैले उहाँलाई नेतृत्वमा राखिरहनुको सट्टा महाधिवेशनबाट नयाँ नेतृत्व खोज्नु राम्रो हुने भएकोले बैठकबाट महाधिवेशनको मिति तोकी अघि बढ्नुको विकल्प छैन,’ माओवादी नेता हरिभक्त कँडेलले बताउनुभयो । ‘उहाँले बैठकबाट भाग्दै जाने र दुईजना मात्र बसेर निर्णय गर्ने गर्नुभएको छ, यसले पार्टीलाई विसर्जनवादतर्फ लगेको छ,’ कँडेलले मंगलबार घटना र विचारसँग भन्नुभयो । अध्यक्षको भूमिका पार्टी एक हुन नदिने दिशामा केन्द्रित रहेको आरोप लगाउँदै कँडेलले थप्नुभयो, ‘विखण्डानकारी भूमिकामा अध्यक्ष लागिरहनुभएकाले उहाँलाई पार्टीले बोकिरहन सक्दैन ।’
वैद्यनिकट अर्का नेता सीपी गजुरेलले १७ गतेको बैठकले पार्टी कुन दिशामा जान्छ स्पष्ट हुने बताउनुभयो । त्यही बैठकबाट अध्यक्ष्ँको असली रूप प्रस्ट हुने भन्दै गजुरेलले थप्नुभयो, ‘क्रान्तिको बाटो छेक्ने अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुरामलाई माओवादीभित्र बस्ने कुनै अधिकार नभएकोले त्यसबारेमा बैठकमा गम्भीर छलफल हुनेछ ।’ क्रान्ति पूरा नभइसकेकोले क्रान्तिको बाटो छेक्ने अध्यक्ष र उपाध्यक्षलाई पार्टीबाट छुट्टी दिन सकिने भन्दै गजुरेलले त्यसको छिनोफानो केन्द्रीय समितिबाट हुने बताउनुभयो । पार्टी नेतृत्वमा टिकिरहन क्रान्तिको कुरा गरे पनि अध्यक्षले क्रान्तिको बाटो छाडेको गजुरेलको तर्क थियो । भारतीय गुप्तचर संस्था ‘र’ सँगको अवैध सम्बन्धका कारण नेतृत्वमा विचलन आएको गजुरेलको भनाइ थियो । उनले भने, ‘यसबारे पनि हामी केन्द्रीय समितिमा छलफल गछौर्ं ।’ वैद्य पक्षले अध्यक्ष प्रचण्डले फेरि बैठक सारे त्यसले अनिष्ट निम्त्याउने चेतावनी पनि दिएको छ । ‘फेरि पनि बैठक सारियो भने पार्टीका लागि त्यो ठूलो घात हुनेछ, त्यसैले हामी बैठक र्सार्न दिने पक्षमा छैनौँ,’ नेता गजुरेलले भन्नुभयो । विमतिका लागि नभई सहमति र मिलनका लागि आफ्नो दबाब र पहलमा केन्द्रीय समिति बैठक बोलाउनुपर्ने उहाँको भनाइ थियो । ‘बैठकमा पार्टीभित्रका सबैखाले विवादलाई बैठकमा राखी समाधानको उपाय खोज्नुको सट्टा भागेर हिँड्नु कतिसम्म जायज कुरा हो,’ गजुरेलको भनाइ थियो । यसैबीच, उपाध्यक्ष वैद्यले अध्यक्ष दाहालसँग भेट गरी आफूले केन्द्रीय समितिको बैठकमा बेग्लै प्रतिवेदन प्रस्तुत गर्ने जानकारी गराउनुभएको छ । वैद्यले यसअघि नै उक्त प्रतिवेदन तयार पारिसक्नुभएको स्रोतको भनाइ छ । यद्यपि, प्रतिवेदनमा केही बुँदा थपघट गर्ने वैद्य स्रोतले बताएको छ ।
रोकिएन आरोप-प्रत्यारोप
प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणपछि माओवादीभित्र विवादको नयाँ स्वरूप देखिएको छ । माओवादी नेताहरू एक-अर्काविरुद्ध कडा आरोप-प्रत्यारोपमा उत्रिएका छन् । समानान्तर कमिटी नै सञ्चालन गर्दै आएको पार्टी संस्थापन पक्ष र उपाध्यक्ष मोहन वैद्य पक्षधरका नेताहरू चर्को आरोप-प्रत्यारोपमा उत्रिएका हुन् । केन्द्रीय कमिटीको बैठक बस्नुअघिसम्म एक-अर्काबीच आरोप-प्रत्यारोप नगर्ने र समानान्तर भेलाहरू पनि नगर्ने सम्झौता भएको थियो । तर, प्रधानमन्त्री बाबुरामले भारत भ्रमणमा बिप्पा सम्झौता गरेपछि वैद्य पक्ष संस्थापन पक्ष्ँसँग थप आक्रोशित बन्दै त्यसको प्रतिरोधसहित आरोप-प्रत्यारोपमा उत्रिएपछि फेरि माओवादीभित्रको विवादले नयाँ रूप लिएको हो । वैद्य पक्षका नेताहरूले पार्टीमा छलफल नै नगरी हचुवाको भरमा प्रधानमन्त्री बाबुरामले भारतमा बिप्पा सम्झौता गरेको र यस सम्झौताले नेपालको अर्थतन्त्रमा नराम्रो असर पार्ने तर्क गरेका छन् । संस्थापन पक्षले त्यसको बचाउ गरेको छ ।
पार्टीभित्रैबाट बिप्पा सम्झौताबारे चर्को विरोध भएपछि माओवादीले उक्त विषयमा छलफल गरी विवाद समाधान गर्न मंगलबार स्थायी समितिको बैठकसमेत बोलाएको थियो । तर, बैठकमा पनि संस्थापन पक्ष र वैद्य पक्षबीच चर्को आरोप-प्रत्यारोप चलेको थियो । सूत्रका अनुसार बैठकमा वैद्यले पार्टी नेतृत्व र प्रधानमन्त्रीबाट एकपछि अर्को गम्भीर गल्ती गर्दै गएकोले यसले पार्टीलाई मात्र नभएर मुलुकलाई नै गम्भीर असर पार्ने भएकाले त्यसखाले कमी-कमजोरी तत्काल सच्याउन माग गरेका छन् । बैठकमा प्रधानमन्त्री बाबुरामले सम्झौताबारे प्रस्ट पार्ने कोसिस गर्नुभएको थियो । माओवादी उच्च सूत्रका अनुसार बैठकमा बिप्पा सम्झौताले नेपालको अर्थतन्त्रको सुधारमा महत्त्वपूर्ण टेवा पुग्ने प्रधानमन्त्री बाबुरामको जिकिर थियो । तर, उपाध्यक्ष मोहन वैद्य पक्ष्ँले भने बाबुरामको भनाइको खण्डन गर्दै यो सम्झौता राष्ट्र हितविरोधी भएकाले खारेज गर्न माग गरेका थिए । बैठकमा वैद्य पक्ष्ँका नेता सीपी गजुरेलले बिप्पा सम्झौता तत्काल खारेज भएको पत्र भारत सरकारलाई पठाउन माग गर्दै त्यसो नगरिए यस विषयमा भण्डाफोर गरिने चेतावनी दिनुभएको थियो । गजुरेलले बाबुरामजीलाई त्यसखाले सम्झौता गर्न कसले सहमति दिएको थियो ? केको आधारमा त्यसखाले राष्ट्रविरोधी सम्झौता गर्नुभयो भन्दै यसबारे बाबुरामजीले स्पष्टीकरण दिनुपर्छ भन्नुभएको थियो । उहाँले प्रधानमन्त्री र पार्टी अध्यक्षले पार्टी हित र यसअघि भए-गरेका सम्झौताविपरीत हिँडेको आरोप लगाउँदै त्यसबारे आत्मासमीक्षा गरी गल्ती सुधार्न माग गर्नुभएको थियो ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका जिम्मेवार नेताले पार्टी नेतृत्वलाई अनावश्यक आरोप लगाएको भन्दै त्यसको पुष्टि गर्न चेतावनी दिनुभएको थियो । पार्टी नेताहरूमा मनपरीतन्त्र छाएको भन्दै आफ्नो मर्यादामा रहेर मात्र बोल्न चेतावनी दिनुभएको थियो । यसअघि अध्यक्ष्ँ प्रचण्डलाई महासचिव रामबहादुर थापाले पार्टी नेतृत्व भारतीय गुप्तचार संस्था ‘र’को निर्देशनअनुसार चल्ने गरेको आरोप लगाउनुभएको थियो । महासचिव थापाले अध्यक्ष कहिले सिलिगुडी कहिले सिङ्गापुरमा गएर हराउने अनि मिडिया र आमजनताले भारतीय गुप्तचर संस्था ‘र’सँग भेट्यो भनेर चर्चा गर्ने गरेका छन्, मैले त्यसैलाई प्रस्ट पार्ने भनेको भन्नुभएको सूत्रले बतायो । अरूको आलोचना गरेर समय खेर फाल्नुको सट्टा त्यसबार स्पष्ट पारे हुन्छ नि भन्नुभएको थियो । बादलले आफू मनपरी गर्दै हिँड्ने अनि अरूलाई दोष दिएर पन्छन खोज्ने यो के तरिका हो भन्दै प्रत्रि्रश्न गर्नुभएको थियो । पार्टी नेतृत्वबाट पार्टी र राष्ट्र हितविपरीत काम भएकाले सबैभन्दा पहिले नेतृत्व सच्चिनुपर्नेमा पनि थापाले जोड दिन भएको थियो ।
बैठकमा प्रचण्ड पक्षका नेताहरूले पार्टी नीतिविपरीत गएर वैद्य पक्ष्ँका नेताहरूले समानान्तर कमिटी सञ्चालन गरी पार्टी विभाजन गराउन खोजेको आरोप लगाएका थिए । बैठकमा एक-अर्काबीच आरोप-प्रत्यारोप नगर्ने भनी यसअघि भएका सहमतिलाई तपाईंहरूले उल्लङ्घन गर्नुभएकाले तपाईंहरूलाई पार्टीले किन कारबाही नगर्ने भनी संस्थापन पक्षका नेताहरूले प्रश्न उठाएका थिए । उनीहरूले पार्टी नेतृत्व भारतपरस्त र क्रान्तिविरोधी भएको आरोपसमेत लगाएका थिए । बैठकमा दुवै पक्षले आ-आफ्नो बचाउ गर्दै एक-अर्काको आलोचना गरेका थिए । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समितिमा संस्थापन र वैद्य पक्षका नेताहरूबीचको आ-आफ्नै अडानका कारण साँझ अबेरसम्म बैठक बसिरहेको थियो भने यो समाचार तयार पार्दासम्म कुनै निष्कर्ष निक्लिएको थिएन ।

यस्तो छ प्रचण्डको नयाँ योजना
आगामी मङ्सिर १४ गतेभित्र शान्ति स्थापना प्रक्रियालाई कुनै पनि हालतमा पूर्ण हुन नदिन माओवादी अध्यक्ष प्रचण्ड आफैं सक्रियतापूर्वक लागिपर्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । तर, प्रचण्ड शान्ति स्थापनाको विरुद्धमा भने हुनुहुन्न । बाबुराम भट्टराईको नेतृत्वमा शान्ति स्थापना र संविधान निर्माणकार्यले पूर्णता प्राप्त गर्न सक्दैन भन्ने ‘प्रमाणित’ गराई आफू प्रधानमन्त्री बन्ने आधारभूमि बनाउनका लागि मात्र प्रचण्डले कुनै न कुनै रूपले शान्तिप्रक्रियामा अवरोध सिर्जना गर्न चाहनुभएको बुझिएको छ । प्रचण्डले यतिबेला पार्टीका दुई नेताहरू मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईलाई एकैपटक सिध्याएर आफ्नो अपरिहार्यता प्रमाणित गर्ने प्रयास गर्दै आउनुभएको छ । वैद्यलाई शान्ति र संविधानविरोधी देखाउने, तर बाबुरामचाहिँ शान्ति र संविधानका पक्षमा भए पनि भारतपरस्त र अक्षम सिद्ध गर्दै आफ्नो औचित्य पुष्टि गर्नु प्रचण्डको सबैभन्दा पछिल्लो खेल हो । शान्ति स्थापना प्रक्रियाले पूर्णता पाउने अवस्था हुँदाहुँदै पनि बाबुराम भट्टराईको क्षमता अभावका कारणले मात्र कार्य सम्पन्न हुन नसकेको हो भन्ने सन्देश फैलाउने र आफू प्रधानमन्त्री बन्ने वातावरण बनाउने काममा प्रचण्ड लागिपर्नुभएको छ । शान्ति स्थापना प्रक्रिया टुङ्गोमा पुर्‍याउन निर्णायक प्रयास गर्नुभन्दा ‘अब शान्तिप्रक्रिया एक महिनाभित्रै टुङ्गिन्छ’ भनी जोडतोडका साथ हल्ला मच्चाउनुको पछाडि पनि प्रचण्डको बाबुरामलाई असफल तुल्याउने षड्यन्त्र लुकेको बताइन्छ । मङ्सिर १४ भित्र शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन आफू प्रधानमन्त्री बन्नुपर्ने अवस्था आएको देखाउँदै प्रचण्डले तिहारपछि नै नयाँ सत्ता-समीकरण बनाउन प्रयास गर्नुहुने उहाँको निकटवर्तीहरूको भनाइ छ । प्रचण्ड यतिबेला नेकपा एमालेका नेता तथा काङ्ग्रेसको शेरबहादुर देउवासँग निरन्तर सम्पर्कमा रहनुभएको छ । शान्तिप्रक्रियाले पूर्णता पाउने सम्भावना बढेपछि देउवा र एमालेको समर्थन आफूलाई हुने विश्वास प्रचण्डले गर्नुभएको छ । प्रचण्डबाट सिङ्गै काङ्ग्रेस पार्टीलाई आफ्नो पछि लगाउने प्रयास भइरहेको भए पनि उहाँले देउवामाथि विशेष भरोसा राख्नुभएको छ । देउवाले काङ्ग्रेस फुटाउन गरिरहेको कसरत पनि प्रचण्डको रणनीतिक चालबाजीसँग सम्बन्धित रहेको टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन् । देउवा गुट, एमाले र केही मधेसी समूहलाई मिलाएर आफू प्रधानमन्त्री बन्ने चक्करमा प्रचण्ड रहनुभएको बुझिन्छ । मङ्सिर १४ अगावै आफू प्रधानमन्त्री बन्न सकेमा संविधानसभाको कार्यकाल पुनः थप नगर्ने तर प्रधानमन्त्री बन्न नसकेको अवस्थामा भने फेरि पनि म्याद थप गराउने योजनामा प्रचण्ड रहनुभएको समाचार सूत्रहरूले जनाएका छन् । उहाँले केही दिनपछि नै मित्रराष्ट्रको समेत समर्थन प्राप्त गर्न प्रयास गर्नुहुने र आफूलाई तत्काल मित्रराष्ट्रको सहयोग नहुने देखिएमा ‘राष्ट्रियता सङ्कटमा परेको’ मुद्दा उठाउँदै प्रचण्डले देउवा गुट, एमाले र वैद्यसँगको गठबन्धन सुदृढ तुल्याएर अघि बढ्ने योजना बनाउनुभएको पनि बुझिएको छ ।

अब एमाले निरोकिने
वि.सं. २०६३ सालको राजनीतिक परिवर्तनयता निरन्तर सत्तामा रहँदै आएको एक मात्र दल नेकपा एमाले गत भदौयता सत्ताबाहिर परेपछि उक्त दलका केही नेताहरू ‘पानीबिनाको माछाझैं’ भएका छन्, त्यसैले तिहारलगत्तै सत्तामा जाने तयारी एमाले नेताहरूले गरेका छन् । एमाले सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार काङ्ग्रेस र माओवादीबीच मिलन हुन सक्ने कुराले एमाले नेतृत्वलाई चिन्तित तुल्याएको छ । काङ्ग्रेस नेताहरूसँग पटकपटक सम्पर्क र संवाद गरी एमाले नेतृत्वलाई ‘मिल्ने भए मसँग मिल होइन भने…’ भनी प्रचण्डले सन्देश दिन चाहनुभएको र प्रचण्डको त्यस्तो चालबाजीको प्रभावमा एमाले नेतृत्व परिसकेको बताइन्छ । एमाले नेतृत्व अब सत्ताबाहिर बस्दै नबस्ने निचोडमा पुगिसकेको छ, तर बाबुराम नेतृत्वकै सरकारमा सहभागिता जनाउने या प्रचण्डलाई प्रधानमन्त्री बनाएर सत्तामा जाने भन्ने विषयमा भने उनीहरूले यकिन गर्न सकेका छैनन् । बाबुरामको नेतृत्वले निरन्तरता पाइरहने देखिएमा एमाले यही सरकारमा सहभागी हुने, यो सरकारले मङ्सिर १४ को समयसीमा पार गर्न नसक्ने हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमाले सत्तामा जानसक्ने सम्भावना बढेको छ । एमालेको प्राथमिकतामा बाबुरामको नेतृत्वचाहिँ पर्दैन । एमालेप्रति ज्यादा आक्रामक र आलोचक मानिएका बाबुराम भट्टराईभन्दा प्रचण्डकै नेतृत्व सहज हुने विश्लेषण एमालेका प्रमुख केही नेताहरूले गर्न थालेका छन् । बिप्पा सम्झौतालाई लिएर एमाले एकजुट भई चर्को विरोधमा उत्रनुले एमाले नेतृत्व सकेसम्म बाबुराम नेतृत्वको सरकार विस्थापित नै गर्न चाहन्छ भन्ने सङ्केत दिएको छ । बाबुरामविरुद्ध उत्रन प्रचण्डको पनि प्रेरणा रहेको सम्बद्ध नेताहरूबाट जानकारीमा आएको छ ।

डाक्टर उपाधि दिनेलाई पुरस्कार !
गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नेबित्तिकै भ्रष्टाचार निर्मूल गर्ने मन्तव्य प्रकट गरेर देशवासीलाई पेट मिचिमिची हाँस्न बाध्य पार्नुहुने उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूलाई ‘डाक्टर’ उपाधि दिलाउने सशस्त्र प्रहरीका एआईजी ठाकुरमोहन श्रेष्ठलाई गुनको बदला तिर्दै विशेष तालिमका लागि चाइना पठाउन लाग्नुभएको छ । अमेरिकास्थित एक विश्वविद्यालयको तर्फबाट भन्दै गोपाल पौडेल नामका एक व्यक्तिले काठमाडौंमा भव्य समारोहको आयोजना गरी एमाले नेता केपी ओली, फोरम नेता विजयकुमार गच्छदार, वायुसेवा व्यवसायी रामेश्वर थापा, मदनकुमार श्रेष्ठ र हरिवंश आचार्यलगायतलाई विद्यावारिधिको उपाधि दिएका थिए । उक्त विश्वविद्यालयको नेपालस्थित प्रतिनिधि सशस्त्र प्रहरीका वर्तमान एआईजी ठाकुरमोहन श्रेष्ठ बनेका थिए र कस-कसलाई पीएचडीको उपाधि दिने भन्नेमा उनको प्रमुख हात थियो । तर, पछि बुझदा उक्त विश्वविद्यालयको अस्तित्व नै यस धर्तीमा नरहेको स्पष्ट भयो । हरिवंश आचार्य र मदनकृष्णले नक्कली विश्वविद्यालयको उपाधि फिर्ता गरिदिएको सार्वजनिक घोषणा गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा गोपाल पौडेल र ठाकुरमोहन श्रेष्ठलगायतलाई कारबाही गरिपाऊँ भनी उजुरी दिएका थिए । त्यसबेला गलत धन्दामा सामेल भएको भन्दै ठाकुरमोहन श्रेष्ठलाई दुई वर्षका लागि विदेश भ्रमण, ग्रेड र बढुवा रोक्का गरिदिने विभागीय निर्णय भएको थियो । निर्धारित दुई वर्ष आगामी माघमा पुग्दै छ, तर विजय गच्छदारले कानुन र पूर्वनिर्णयको धज्जी उडाउँदै ठाकुरमोहनलाई सुरक्षासम्बन्धी विशेष तालिमका लागि चाइना पठाउन लागेका छन् । प्राप्त जानकारीअनुसार गच्छदारको जोड कायम रह्यो भने दुई सातापछि -२३ गते कात्तिक) ठाकुर चाइनातर्फ उड्दै छन् र मङ्सिर आठसम्म उनी चाइनामै रहनेछन् । यसरी ठाकुरमोहनलाई चाइना पठाउन खोज्नुलाई सशस्त्र प्रहरीभित्र ‘गच्छदारद्वारा ठाकुर पुरस्कृत’ भएको घटनाका रूपमा लिइएको छ ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अवकाश हुन करिब ६ महिना मात्र बाँकी रहेका डीएसपी रामजी अधिकारीलाई विजय गच्छदारले कृष्णनगर भन्सारमा सरुवा गरी लगेका छन् । भनिन्छ, अवकाश पाउनै लागेकाहरूलाई मौका दिँदा सेवा अवधि लामो बाँकी रहेकाहरूले भन्दा बीस गुणासम्म रकम बढी उठाउन सक्छन् भन्ने विश्वास विजय गच्छदारको रहेको छ । यही विश्वासका आधारमा कुरा मिलेपछि रामजीलाई कृष्णनगर भन्सारमा पठाएको बताइन्छ । निज अधिकारीले गच्छदारको आशाअनुरूप उठाएर दिन सक्ने हुन् या होइनन् त्यो समयाक्रममा स्पष्ट हुने नै छ । गच्छदारले तातोपानी र काँकडभिट्टा भन्सारमा समेत सशस्त्र प्रहरीको आफ्नो मान्छे ‘फिट’ गर्न लागेका छन् ।

पर्यटन बोर्डमा योग्यले ठाउँ पाउलान् ?
सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष- २०११ ले १० महिना पूरा गर्नै लागेको छ । पर्यटन वर्षको समय अब दुई महिना मात्रै बाँकी भए तापनि हालसम्म उल्लेखनीय उपलब्धि भएको देखिएको छैन । सरकारले १० लाखभन्दा बढी पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्य लिएर घोषणा गरेको पर्यटन वर्ष- २०११ को ८५ प्रतिशत समयावधि सकिइसक्दा पनि लक्ष्य भने आधा पनि पूरा हुन नसकेको सम्बद्ध विज्ञहरूको दाबी छ ।
यसरी पर्यटन वर्ष- २०११ लाई उल्लेख्य सफलता दिलाउन चुकेको पर्यटन बोर्ड अहिले आफ्नै नेतृत्वको बहसमा जुटेको छ । बोर्डका वर्तमान प्रमुख कार्यकारी अधिकृत (र्सीइओ) प्रचण्डमान श्रेष्ठको कार्यकाल यही कात्तिक १४ गते सकिँदै छ । सर्वसम्मत र्सीइओ चयन गर्न नसकेपछि आन्तरिक विवाद मिलाउन बोर्डले र्सीइओ पदका लागि विज्ञापन आह्वान गरेको थियो । आवेदन बुझाउने अन्तिम दिन गत आइतबार बेलुकीसम्म पदाकाङ्क्षीको सङ्ख्या १८ पुगेको छ । यसमध्ये दुईजनाले आफ्नो परिचयसमेत नखुलाएर दरखास्त हालेको बुझिएको छ । पर्यटन बोर्डमा अध्यक्ष गणेश जोशी (पर्यटनसचिव), जन्मजेय रेग्मी -अध्यागमनका डीजी), हवाई उड्डयन प्राधिकरणका रामप्रसाद न्यौपाने, वन्यजन्तु आरक्षका कृष्णप्रसाद आचार्य, अर्थका सहसचिव लक्ष्मण अर्याल, रेवतबहादुर थापा, अग्नि कँडेलजस्ता व्यक्तिसमेत छन् तर र्सर्ीइओ सिफारिसका लागि सरकारले बोर्डको प्रतिनिधित्व गराएर गणेश सिंखडा, ङमि शेर्पिनी र ध्रुवनारायण श्रेष्ठ सम्मिलित छनोट समिति गठन गरेको छ । यी सदस्यको योग्यतामा सुरुदेखि नै प्रश्न खडा भएको र चौतर्फी विरोध हुँदै आएको छ ।
सरकारी र निजीक्षेत्रको संयुक्त प्रतिनिधित्व हुने गरेको नेपाल पर्यटन बोर्डको र्सीइओ पदलाई एक आकर्षक पदका रूपमा लिइन्छ भने यसका लागि आकर्षक र क्षमतावान व्यक्ति हुनु पनि त्यत्तिकै आवश्यक मानिन्छ । पर्यटनसम्बद्ध जानकारहरू सो पदका लागि हालका वरिष्ठ निर्देशक तथा पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखा प्रमुख सुभाष निरौला एक उपयुक्त पात्र भएको बताउँछन् । बाह्र वर्षअघि खुल्ला प्रतिस्पर्धामार्फत बोर्डमा सीधै निर्देशक पदबाट सेवा प्रवेश गरेका निरौला पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानका कारण विशेषज्ञका रूपमा चिनिन्छन् भने ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम, गन्तव्य नेपाल अभियान, पोखरा भ्रमण वर्ष २००७ लगायतका पर्यटनसम्बन्धी अभियानमा उनले निर्वाह गरेको जिम्मेवारपूर्ण भूमिकाको विशेष सराहना हुँदै आएको छ ।
तर, पर्यटन बोर्डजस्तो महत्त्वपूर्ण निकायलाई व्यक्तिगत खेलबाडको थलो बनाउन उद्यत् केही व्यक्ति निरौलाविरुद्ध हात धोएर पछिपरेको बुझिएको छ । उनको बाटो छेक्न नसके स्वार्थसिद्धिमा पानी फेरिने सोच बोकेको उक्त जमातले प्रधानमन्त्रीपत्नी हिसिला यमीलाई समेत विवादमा तान्ने हरकत गर्दै आएको स्रोतको दाबी छ । आफूलाई सत्तासीन दलको चल्तापर्ुजा कार्यकर्ता भएको धाक लगाउँदै बोर्डलाई राजनीतिक ‘वाद’को सिकार बनाउन लागिपरेको सो समूहको नेतृत्व गणेश सिंखडाले गरेको पनि बताइएको छ । तिनै सिंखडाका साथ दुई कक्षा पास गरेकी भनेर समकालिकहरूद्वारा चिनाइने गरेकी ङमि शेर्पिनीसमेतलाई र्सर्ीइओ नियुक्ति गर्ने बोर्डमा चयन गरिएको कुरा सम्बन्धित क्षेत्रमा हाँसो र चर्चाको विषय बनेको छ ।
मुलुकमा पर्यटन क्षेत्रको दीर्घकालिक विकास चाहनेहरू बोर्डप्रमुखको चयनमा सरकारी हस्तक्षेप हुन नहुने बताउँछन् भने विगतमा हिसिला यमीकै कार्यकालदेखि सो निकाय सरकारी हस्तक्षेपको सिकार बन्न थालेको दाबी पनि उनीहरूको छ । हाल दरखास्त दिएका १८ मध्येबाट स्वच्छ छनोट गरिए आफू अग्रस्थानमा रहेको दाबी गर्दै आएका सुभाष निरौलाको आकर्षक व्यक्तित्व, एकेडेमिक क्वालिफिकेसन, पर्यटन क्षेत्रको अनुभव तथा कार्यक्षमताले पनि उनको दाबीलाई निराधार देखाउँदैन । यदि स्वच्छ किसिमले र्सर्ीइओ चयन हुन सकेमा निरौलाले सो जिम्मेवारी पाउनेमा द्विविधा नरहेको सम्बद्ध स्र्रोतले जनायो ।

भारतसित लगानी तथा संरक्षण सम्झौता भएपछि त्यसको पक्ष र विपक्षमा नेपालभित्र बहस सुरु भएको छ । शास्त्रीय राष्ट्रवादका समर्थक र डा. बाबुराम भट्टराईका स्थायी आलोचकहरूले उक्त सम्झौता राष्ट्रको सार्वभौमिकतामाथि नै आँच पुर्‍याउने भनी टिप्पणी गरेका छन् । स्वयम् बाबुरामले पनि यस्तो सम्झौता गरेर आफूले जोखिम उठाएको अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ । अर्थतन्त्रमा सुधार र मुलुकको समृद्धिसँग जोड्दै प्रधानमन्त्री बाबुरामले सम्झौता -बिप्पा) को बचाउ गर्नुभएको छ ।
वास्तवमा कुनै पनि विदेशीले अर्को देशमा लगानी गर्छ भने उसले आफ्नो सुरक्षा खोज्नु स्वाभाविक हुन्छ । धन बढी भएर या सेवा र रोजगार प्रवर्द्धनका लागि भन्दै कोही पनि व्यावसायिक व्यक्ति या कम्पनी विदेशमा लगानी गर्न अग्रसर हुँदैन । उनीहरूको एक मात्र उद्देश्य नाफा कमाउनु हुन्छ । हो, कुनै विदेशी कम्पनी नाफाका निम्ति लगानी गर्न आउँछ भने उसबाट बढीभन्दा बढी लाभ आर्जन गर्न सक्ने या नसक्ने सम्बन्धित मुलुकको क्षमतामा निर्भर रहन्छ । अमेरिकाजस्तो ‘शत्रु राष्ट्र’ (तर अघोषित) बाट पर्याप्त मात्रामा लगानी भित्र्याएर चाइनाले आफ्नो अर्थतन्त्र सबल तुल्याउन नब्बेको दशकमा गरेका प्रयासहरूबाट धेरै मुलुकले सिक्न सक्छ । स्वदेशीहरूमा लगानी क्षमताको अभाव रहेको स्थितिमा विदेशीलाई पनि लगानीका निम्ति वातावरण नबनाइदिने हो भने त्यस्तो मुलुकको अर्थतन्त्रमा सुधारको अपेक्षा गर्न सकिँदैन । विदेशी लगानीलाई निरुत्साहित गरिनुअघिको भारतको अर्थतन्त्र एवम् भारतीय नागरिकहरूको तत्कालिक जीवनस्तरसँग वर्तमान भारतको तुलना गर्दा धेरै ठूलो अन्तर देखिन्छ । विदेशी लगानी निषेधित कम्युनिस्ट मुलुक उत्तर कोरिया र लगानीमैत्री वातावरण बनाउने अर्को कम्युनिस्ट मुलुक भियतनामको अर्थतन्त्रको तुलनात्मक अध्ययन गर्ने हो भने पनि आर्थिक सुधारमा वैदेशिक लगानीको महत्त्व बुझन सकिन्छ । यसै तथ्यलाई आत्मसात् गर्दै नेपालले उदार अर्थनीतिसहित वैदेशिक लगानी भित्र्याउन धेरै अघिदेखि कसरत गर्दै आएको छ । दशक लामो माओवादी युद्ध र अन्य हिंसात्मक घटनाक्रमका कारण नेपाल लगानीका निम्ति विश्वकै अति जोखिमपूर्ण राष्ट्रको सूचीमा परेको छ । अति जोखिमपूर्ण राष्ट्रहरूको सूचीमा परेकै कारण नेपालले लगानीमैत्री वातावरण बनाउन विशेष प्रयत्न गर्नुपर्ने आवश्यकता छ । यसक्रममा केही पश्चिमा मुलुकहरूसँग नेपालले लगानी संरक्षणसम्बन्धी सम्झौता गरिसकेको पनि छ । त्यस्तै सम्झौता बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा भारतसँग गर्दा भने यहाँ आकाश नै खसेजस्तो गरी चिच्याहट सुरु भएको छ । यसरी चिच्याउनेहरूले भन्न सकेका छैनन्- विदेशी लगानी निषेध गरिनुपर्छ भनेर । लगानी भित्र्याउने हो भने तिनको सुरक्षाको ग्यारेन्टी राज्यले दिनु स्वाभाविक हो र दिनैपर्छ । भारतीय लगानीबाहेकलाई मात्र संरक्षण दिइनुपर्छ भन्ने भनाइ आलोचकहरूको हो भने कारणसहित त्यसको बेलिविस्तार लगाउन हिचकिचाउनुभएन, होइन भने त्यसरी चिच्याउन झन् हुँदै भएन ।
नेपालमा भारतीय लगानी संरक्षण गर्ने विषयमा माओवादी नेता नै प्रधानमन्त्री भएका बेला गरिएको सम्झौताले अर्को महत्त्वपूर्ण सन्देश पनि दिएको छ । यो सम्झौताको अर्थ नेपालमा भारतीयहरूले मात्र लगानी गर्न र नाफा कमाउन पाउनुपर्छ, तिनको सम्पत्तिको मात्र संरक्षण गरिनुपर्छ भन्ने अवश्य होइन । भारतीय लगानीको संरक्षण गरेर नेपालीको सम्पत्ति मात्र राष्ट्रीयकरण गरिने या संरक्षण नगरिने भन्ने पनि होइन होला नै । नेपालमा स्वदेशी-विदेशी सबैको लगानी संरक्षित र सुरक्षित रहन्छ र रहनुपर्छ भन्ने भावनाअनुरूप प्रधानमन्त्री बाबुरामले भारतसँग लगानी संरक्षणसम्बन्धी सम्झौता गर्नुभएको हो भन्ने विश्वास आमनेपालीले गर्नु उपयुक्त छ । निजी सम्पत्ति संरक्षणको दार्शनिक एवम् सैद्धान्तिक दृष्टिले विरुद्ध रहेको माओवादी पार्टीकै नेताले सम्पत्ति संरक्षणका पक्षमा आफूलाई उभ्याउँदा माओवादीविरोधी समूह तथा आमनागरिकहरूले त्यसमा असहमति जनाइरहनु नाजायज छ, बरु त्यसको मुलुकवासीले भव्य स्वागत गर्नुपर्छ । कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवादी शासनसत्ता रहेको चाइनामा पनि विदेशी लगानी संरक्षणसँगै चिनियाँ नागरिकलाई निजी सम्पत्ति राख्न छुट भएको तथ्यलाई हामी कसैले पनि भुल्नुहुँदैन ।
विदेशी लगानीलाई संरक्षण दिनु भनेको स्वदेशी लगानीका उद्यम-व्यवसायहरूलाई निरुत्साहित गर्नु हो भनेर बुझनु अर्को भूल हुनसक्छ । सम्झौताले विदेशी लगानीलाई प्रोत्साहन होइन संरक्षण दिने मात्र सुनिश्चित गरेको छ । यो र यस्तै सम्झौताले विदेशी लगानी भित्र्याउन योगदान पुर्‍याउन सक्छ भने विदेशी लगानीको संरक्षणसँगै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने कुरा पनि जोडिएर आउँछ । स्वदेशी पुँजी र लगानीकर्तालाई संरक्षण एवम् प्रोत्साहन खोज्ने आधारभूमि अब बलियो भएको छ । विदेशी लगानीलाई संरक्षण दिने तर स्वदेशीलाई निरुत्साहित गर्ने व्यवहार माओवादीबाट भयो भने त्यसले यो शक्ति कसको कुन स्वार्थका निम्ति क्रियाशील भइरहेको छ भन्ने तथ्य उजागर हुनेछ । प्रधानमन्त्री बाबुरामले स्वदेशी उद्यमलाई निरुत्साहित गर्न भारतसित वैदेशिक लगानी संरक्षण सम्झौता गरेको अर्थ लगाइयो भने त्यो बाबुराम भट्टराईमाथिको अन्याय मात्र हुनेछैन, मुलुकको आर्थिक विकासमा व्यवधान पैदा गर्न खोजेको अर्थ पनि लाग्नेछ ।
लगानी संरक्षण सम्झौताबाट भारतीय कम्पनीहरू वर्तमानमा बढी लाभान्वित हुन सक्छन्, किनभने नेपाली कम्पनीहरू विदेशमा लगानी गर्ने सामर्थ्य राख्दैनन् । मारवाडी समुदायका केही व्यापारीले बियर र चाउचाउजस्ता उद्योग भारतमा स्थापना गर्ने तत्परता लिएको जानकारी कमैलाई मात्र छ । उक्त समुदायका धेरैजसो व्यापारी तथा उद्यमीले नेपालमा भएको कमाइसमेत विदेशमा सङ्ग्रह गर्ने गरेको जानकारी भने धेरैलाई हुनुपर्छ । नेपालमा भएको कमाइ विदेशमा सङ्ग्रह गर्ने कतिपय मारवाडी उद्यमी-व्यापारीहरूमध्ये कसैले भारतमा लगानी गर्छन् भने त्यहाँको कमाइ नेपाल भित्र्याइने या भित्रिने आशा गर्न सकिँदैन । यर्सथमा लगानी संरक्षणसम्बन्धी सम्झौता -बिप्पा) बाट तत्काल नेपाली उद्यमी लाभान्वित नहुने अवस्था रहेको बुझन सकिन्छ । तर, मुलुकमा विदेशी लगानी बढ्न सक्यो भने त्यसबाट स्वतः लाभ पुग्नसक्छ । उष्णभूमिमा सेकिइरहेका नेपाली युवाहरूले स्वदेशमा रोजगारी प्राप्त गर्ने र त्यसबाट मुलुकको अर्थतन्त्रमा योगदान पुग्नसक्ने यथार्थलाई उपेक्षा गर्न मिल्दैन । बिप्पा सम्झौताले दुई छिमेकी मुलुकबीच विश्वास बढाएको छ र भारतसँगको सम्झौताका कारण अन्य विदेशीहरूमा समेत त्यसको सकारात्मक प्रभाव पर्ने विश्वास गर्न सकिन्छ । नेपाली कम्पनीहरूको लगानी गर्ने हैसियत नहुनुको दोष भारतलाई मात्र दिएर सम्झौताको विरोध गर्नुलाई नेपालमा विदेशी लगानी भित्र्याउन नचाहनु भनेर अर्थ्याउन सकिन्छ ।
दुःखका साथ भन्नुपर्दा नेपाली राजनीतिक क्षेत्रले गरिबीमा गौरव गर्दै आएको छ । कुनै पनि नेताले राज्यसत्तामा पुग्नेबित्तिकै पहिलो काम ‘विदेशीसँग सहयोग माग्नु’लाई बनाउने गरेका छन् । प्रधानमन्त्री र मन्त्री हुने भनेकै विदेशीसँग हात पर्सार्न हो भन्ने सन्देश नेपालका नयाँ पुस्ताले पाइरहेका छन् । गरिबी कहिल्यै गौरवको विषय हुन सक्दैन, गरिबी सबैको सधैंको स्थायी शत्रु हो । गरिबलाई साथ, सहयोग र सहानुभूतिको खाँचो हुन्छ भने गरिबी सधैं अवाञ्छित र त्याज्य विषय हो । तर, नेपालका अधिकांश राजनीतिकर्मी गरिबलाई माथि उठाउने कुरा गरे पनि गरिबीमा गौरव गर्ने प्रकारका छन् ।
परस्पर निर्भरतामा विश्वको अर्थतन्त्र टिकेको छ । भूपरिवेष्ठित मात्र होइन समुद्रमा पहुँच भएका मुलुकसमेत आफ्नो समृद्धिका लागि अरूमाथि निर्भर रहनुपर्ने अवस्थामा छन् । पश्चिमा समृद्ध मुलुक तेलका निम्ति अरब मुलुकमाथि भरपर्नु कुनै लज्जा या अपमानको विषय नभएजस्तै भूपरिवेष्ठित नेपालले आफ्नो समृद्धिका निम्ति छिमेकी मित्रराष्ट्रहरू भारत या चाइनाको विशेष साथसहयोग खोज्नुलाई अस्वाभाविक रूपमा बुझनुहुँदैन । अर्थतन्त्र सबल बनाउन कसैको विशेष सहयोगको अपेक्षा राख्नु या निश्चित कालका निम्ति कसैका प्रति निर्भरता जनाउनु अनुपयुक्त होइन । आर्थिक निर्भरताभन्दा राजनीतिक निर्भरता कुनै पनि स्वतन्त्र मुलुकका लागि घातक हुन्छ । २०६३ सालयता नेपाल आर्थिकभन्दा बढी राजनीतिक निर्भरताको अभ्यास गर्दै छ । बाबुरामले देशको समृद्धिका लागि कसैको विशेष सहयोगको अपेक्षा राख्नुभएको छ भने त्यसलाई राष्ट्रघातका रूपमा बुझनु दृष्टिदोष या पूर्वाग्रह भन्न सकिन्छ । बरु देशको अर्थतन्त्र सुदृढ तुल्याउने कार्यमा व्यवधान पुर्‍याउनु भनेको राष्ट्रघात हो । राष्ट्रियताको आदर्श नाराले मात्र राष्ट्रको अस्तित्व रक्षा गर्न नसकिने भएको हुँदा विश्वमा राष्ट्ररक्षाका लागि पनि सबल अर्थतन्त्रलाई अनिवार्य मान्न थालिएको छ । बेल्जियम विभाजित हुन केही वर्षदेखि प्रयासरत छ र त्यसको एक मात्र कारण र्’अर्थ’ हो । धनी राज्यले आफ्नो कमाइ गरिब प्रान्तको सामाजिक सुरक्षामा खर्च गर्नुपरेको पीडामा फ्रेञ्चभाषी क्षेत्र बेल्जियमबाट अलग हुने प्रयास गर्दै छ । कुनै समय विश्व विचार र आदर्शबाट प्रेरित हुन्थ्यो भने त्यो १९औँ शताब्दी र त्यसअघिको कुरा हो । वर्तमान विश्व अर्थबाट अभिप्रेरित छ, प्रधानमन्त्री बाबुरामले यही वास्तविकतालाई आत्मसात् गर्दै नेपालमा भारतीय लगानी भित्र्याउन एउटा प्रशंसनीय कार्य गर्नुभएको छ । बीप्पा सम्झौता भएको मात्र कारणले नेपाल समृद्ध भइहाल्ने भन्ने हुन सक्दैन । तर, बाबुरामको सोच समृद्धीमुखी छ भन्ने कुराको सङ्केत चाहिँ यसले गरेको छ । सम्झौतापश्चात् भारतीय लगानीले नेपालमा गुणात्मक एवम् मात्रात्मक फड्को मार्‍यो भने बाबुराम भट्टराईले अहिले उठाउनुभएको जोखिमको र्सार्थकता प्रमाणित हुनेछ । अब पनि भारतीय लगानीमा वृद्धि हुन सकेन भने दोष नेपालको हुनेछैन ।

पर्वतका लागि मित्रराष्ट्रबाट दुई करोड ३१ लाख सहयोग
लाख पर्वतको पिपलटारी गाविसस्थित श्री पूर्णेश्वर उमाविलाई मित्रराष्ट्र भारतले दुई करोड ३१ लाख अनुदान सहयोग प्रदान गर्ने भएको छ । गत साता पर्वत जिविस तथा पिपलटारी गाविसस्थित पूर्र्णोश्वर उमावि र भारतीय राजदूतावासबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त भारतीय सहयोगबाट विद्यालयका लागि दुईतले कम्प्युटर भवन निर्माण, ४० वटा कम्प्युटर तथा पाँचवटा प्रिन्टर आपर्ूर्ति गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ । साना विकास परियोजनाअर्न्तर्गत भारत सरकारको अनुदान सहयोगमा पर्वतमा सञ्चालित यो दोस्रो विकास परियोजना हुनुका साथै अन्य धेरै परियोजना विचाराधीन रहेको बुझिएको छ ।
सन् १९६० मा प्राथमिक विद्यालयको रूपमा स्थापित भई १५ वर्षअघि उमावि तहमा स्तरोन्नति गरिएको सो विद्यालयमा भारतको सहयोगबाट निर्माण हुने नयाँ संरचनाले सात सयभन्दा बढी विद्यार्थीलाई आधुनिक पाठ्यक्रमको शिक्षा हासिल गर्न सहयोग पुग्ने स्थानीयवासीको विश्वास रहेको छ । यसले जिल्लाका विद्यार्थीलाई रोजगारका अवसर प्राप्त गर्न मार्गप्रशस्त गर्ने पनि बताइएको छ ।
यस विद्यालयका अतिरिक्त पर्वतमा एक करोड २५ लाखको भारतीय सहयोगमा एउटा परियोजना सम्पन्न भइसकेको छ । पर्वतमा प्रयोग गर्नेगरी जिल्लाका विभिन्न संस्थालाई चारवटा एम्बुलेन्स र एउटा स्कुलबस पनि उपहारस्वरूप प्रदान गरिएको छ ।

काङ्ग्रेस उपसभापति पौडेलको दाबी-देउवाभन्दा म वरिष्ठ
ग्ाोरखा/ नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले शेरबहादुर देउवाभन्दा आफू वरिष्ठ नेता भएको दाबी गर्नुभएको छ । गत साता गोरखामा आयोजित काङ्ग्रेस क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म २०१८ सालमा भरतपुरकाण्डमा जेल परेको थिएँ, शेरबहादुरजीलाई २०२२ सालमा डिल्लीबजारमा भेटेर फकाउँदै मैले नेपाली काङ्ग्रेसमा ल्याएको हुँ, त्यतिबेला उहाँ आफूलाई प्रगतिशील पक्षधर विद्यार्थी भन्दै दौडिरहनुभएको थियो । उहाँलाई मैले नै नेविसङ्घको अध्यक्ष पनि बनाएँ, संसदीय दलको नेतामा उहाँ हार्नुभयो, सभापति पदमा पनि हार्नुभए तापनि हामीले वरिष्ठ नेता मान्दिएका छौँ, तर अझै उहाँ बढ्ता भाउ किन खोजिरहनुभएको छ मैले बुझ्न सकिनँ । ? उहाँभन्दा म नै वरिष्ठ हुँ तर कार्यालयमा उहाँ बस्ने कुुर्सीभन्दा तल मेरो कर्ुर्ची छ ।’
केन्द्रीय समितिले गरेको निर्णयका विरुद्धमा आमरण अनशन बस्नुको कुनै अर्थ नरहेकोसमेत सो अवसरमा उहाँले बताउनुभयो । पचास मिनेटको भाषणमा उहाँले देशलाई जनयुद्ध र जनसेना शब्द उच्चारणको आवश्यकता नै नभएको भन्न पनि चुक्नुभएन । माओवादीका ‘गुरिल्ला’लाई छाती नापेर केही सङ्ख्यामा समायोजन गर्नुपर्ने र बाँकीलाई केही राहत दिएर घर फिर्ता पठाउनुपर्ने उहाँको तर्क थियो ।
नेता पौडेलले माओवादी ‘यू र्टन’ पार्टी भएको र काङ्ग्रेस ‘स्टेट’ रहेको बताउनुभयो । काङ्ग्रेस आफ्नो अडानमा कहिल्यै पनि पछि नहटेको नेता पौडेलको दाबी थियो । उहाँले माओवादीको ज्यादतिविरुद्ध भिड्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । राजासँग साँठगाँठ गरेर माओवादीले संसदीय व्यवस्थामाथि आक्रमण गरेको पौडेलको भनाइ थियो । गिरिजाप्रसाद कोइरालालाई फकाएर माओवादीले संविधानसभाको निर्वाचनमा बहुमत ल्याएको नयाँ खुलासा पनि पौडेलले गर्नुभयो ।
कार्यक्रममा काङ्ग्रेस नेता मनमोहन भट्टराई, मुख्य सचेतक कमला पन्त, सभासद् जीवनप्रेम श्रेष्ठ, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, विद्यार्थी नेता प्रदीप पौडेललगायतले मन्तव्य दिएका थिए ।-राजेन्द्र न्यौपाने

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर
नेपाली सेनाद्वारा मुगुको ताल्चा विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार १७ सर्वसाधारणले सेवा प्राप्त गरेका छन् । हुम्ला र मुगुमा गरी २२ जना बिरामीको साधारण शल्यक्रिया, १४ जना पुरुषको स्थायी बन्ध्याकरण तथा एक सय आठजना आँखाका बिरामीलाई चस्मा वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रको हुम्ला तथा मुगु जिल्लामा अल्पकालीन राहत कार्यक्रमको योजनाअनुसार स्थानीय बासिन्दालाई प्रभावकारी रूपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यले पुरुष, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरी नेपाली सेनाद्वारा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

असहायका लागि माछापुच्छ्रेको सहयोग
सहारा क्लब पोखराले पोखरामा निर्माण गर्न लागेको असहाय तथा गरिब बालबालिकाको अध्ययन-अध्यापन कार्यलाई लक्षित गरी निर्माण गर्न थालेको सहारा एकेडेमीको निर्माणार्थ माछापुच्छ्रे बैंक लिमिटेडले पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । बैकको नयाँबजारस्थित प्रधान कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष र्सर्ूयबहादुर केसीले एक समारोहबीच सो रकम हस्तान्तरण गर्नुभयो ।
माछापुच्छ्रे बैंकले नेपाल अधिराज्यभर सञ्चालन हुने आर्थिक, सामाजिक, औद्योगिक, धार्मिक, शैक्षिक तथा खेलकुद विकासका कार्यहरूलाई प्राथमिकता दिई संस्थागत सामाजिक उत्तरदायित्वअर्न्तर्गत सहयोग गर्दै आएको छ । यसै क्रममा बैंकले पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिर परिसरमा १५ लाखको लागतमा फाउन्टेनसमेतको सुन्दर पार्कको निर्माण सम्पन्न गर्न लागेको छ ।

गाउँलेको विवादले पर्यटक खेदिए
लमजुङ/ दुई गाउँलेबीचको विवादको कारण मनास्लु पदमार्गमा आएका युरोपियन नागरिक लखेटिएका छन् । गोरखाको सामागाउँ गाविसको धर्मशाला भन्ने ठाउँमा पाँचजना पर्यटक लखेटिएका हुन् । धर्मशाला होटलमा बास बस्न गएका पर्यटकमाथि सामागाउँका बासिन्दाले दर्ुर्व्यवहार गर्दै होटलबाट लखेटेको गाइड नवराज सिग्देलले बताए ।
टोलीका गाइड सिग्देलका अनुसार खाना खान बसेका पर्यटकलाई करिब दुई सयजना स्थानीयले घोडामा आएर खेदेका थिए । उनीहरूले बीचबाटोसम्म खेद्दै आएपछि पर्यटक आतङ्कित बनेका थिए । धीर श्रेष्ठ र चन्द्र गुरुङलेले टानबाट स्वीकृत लिएर चलाएको होटलबाट गाउँलेले नाफाको तीस प्रतिशत लिने गरे पनि आफ्नो गाउँ सामगाउँले नपाएको भन्दै स्थानीयबासीले पर्यटक लखेटेको बुझिएको छ ।
युरोपको सेब्रिपब्लिक भन्ने ठाउँबाट २७ दिनका लागि एड्भान्चर अल्पाइन टे्रकिङबाट मनास्लु पदमार्गबाट चुमभ्याली जान आएका पर्यटक दर्ुर्व्यवहार भोग्नुपरेपछि यात्रा छोट्याएर सामागाउँबाट मनाङको धारापानी, लमजुङको बेसीसहर हुँदै काठमाडौं फर्किएका छन् । स्थानीयवासीसँग डराएका पर्यटकले प्रहरीमा समेत खबर नगरेको गाइड सिग्देलले बताए । यसअघि सामगाउँवासीले एसियन ट्रेकिङबाट आएका विदेशी पर्यटकलाई दर्ुर्व्यवहार गर्दै गाइडलाई समेत पिटेका थिए । सामागाउँमा सञ्चालित धर्मशाला होटलले विगतको सम्झौताअनुसार साम्दोवासीलाई नाफाको तीस प्रतिशत रकम दिँदै आएको छ । मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढेपछि सामागाउँका बासिन्दाले नाफा आफूहरूले पनि पाउनुपर्ने भनी विवाद गर्दै आएका छन् । -छविलाल बगाले

आचार्यको निर्णयले अनुयायी चकित
जैन श्वेताम्बर तेरापन्थ धर्म सङ्घका ११औँ आचार्य श्री महाश्रमणको पहिलो अन्तर्राष्ट्रिय नेपाल भ्रमणको तयारी सुरु भएको छ । सन् २०१५ मा हुने नेपाल भ्रमण ऐतिहासिक हुने दाबी आचार्य श्री महाश्रमण नेपाल चतर्ुमास आगमन मूल समारोह समितिकी संयोजकराज्यलक्ष्मी गोल्छाले गर्नुभयो । २० हजार किलोमिटरभन्दा बढी पैदल यात्रा गरिसक्नुभएका आचार्य श्री महाश्रमण हजारौँ किलोमिटर यात्रा गरी नेपाल आउनेर ४ महिना चर्तुमासमारहने जानकारी दिनुभयो । ‘यो ऐतिहासिकर सम्पूर्ण नेपालीका लागि प्रतीक्षाको भ्रमण हो,’ संयोजक गोल्छाले भन्नुभयो, ‘यो एउटा भव्य अनि विशाल धार्मिक पर्वसमेत हो ।’ भारतको बिहारर अरू धेरै स्थानबाट आकर्षक धेरै प्रस्ताव लिखित रूपमा पेस भए पनि नेपालको आग्रहलाई स्वीकार गरेकोमा आचार्यका अनुयायीहरूले आर्श्चर्यका रूपमा हेरेका छन् ।

वैदेशिक रोजगारमा जानेहरू थप पीडित
अर्थतन्त्रको मेरुदण्ड मानिएको वैदेशिकरोजगार विभाग लथालिङ्ग बनेकोमा वैदेशिकरोजगारीका आकाङ्क्षीहरूले गुनासो गरेका छन् ।रोजगारका लागि विदेशिने सयौँ कामदार अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । प्रधानमन्त्रीमा बाबुराम भट्टराई नियुक्त भएपछिराज्यको स्थायी सरकार मानिने कर्मचारीतन्त्रले सुनौलो परिवर्तनको ठूलै आशाराखेको थियो तर भइदियो उल्टो ।
व्यक्तिगत प्रयासमा वैदेशिकरोजगारीका लागि जान चाहनेले स्वयम् उपस्थित भई श्रम स्वीकृति निकाल्नुपर्ने विभागको निर्देशनपछि वैदेशिकरोजगार झन् लथालिङ्ग बनेको छ । विभागले अनावश्यक दुःख दिएको भन्दैरोजगारमा जानेहरूले गुनासो गरेका छन् । विभागले हालै मात्र यो नियम लागू गरेको हो । यसभन्दा अगाडि व्यक्तिगत श्रमस्वीकृति निकाल्ने एजेन्टहरूले निश्चितरकम लिएर व्यक्तिगत प्रयासमा वैदेशिकरोजगारीमा जानेहरूकोे श्रमस्वीकृति निकालिदिन्थे ।
यसरी एजेन्टमार्फत श्रमस्वीकृति निकाल्दा व्यापक अनियमितता भएको रिपोर्ट प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष पेस भएपछि प्रधानमन्त्री भट्टराईले ठाडो निर्देशन दिएको बताइएको छ । स्वयम् व्यक्ति उपस्थित भएर श्रमस्वीकृति निकाल्दारोजगारका लागि जानेहरूको खर्चसमेत दोब्बर बढेको उनीहरूको गुनासो छ ।
गत वर्षसम्म वैदेशिकरोजगार प्रवर्द्धन बोर्डले प्रतिव्यक्ति एक हजारका दरलेराजस्व लिने गर्दथ्यो । त्यो कल्याणकारी कोषमा जम्मा हुनेरकम हो ।रोजगारमा जाने व्यक्तिहरूका लागि सरकारले अनिवार्य बिमाको व्यवस्था गरेको छ । बिमाबापतकोरकम स्वयम् व्यक्ति उपस्थित भएर बिमा गर्दा दुई हजार लाग्छ भने एजेन्टमार्फत प्रतिव्यक्ति पन्ध्र सयले पुग्छ ।-विना अधिकारी

चोरीपीडित विदेशीलाई सामान हस्तान्तरण
गत असोज २४ गते भूलभूलेबाट बेसीसहर आउँदै गरेको ध.१.ख १२८ नम्बरको यात्रुबाहक बसमा यात्रा गरिरहेका अमेरिकी नागरिक इमा रोवर्ट र थोमस स्टिललाई चोरी भएको उनीहरूको नगद, क्यामरालगायतका सामग्री हस्तान्तरण गरिएको छ । यात्राका क्रममा चोरी भएका सामग्री बरामद गरी जिल्ला प्रशासन कार्यालयमा गत आइतबार प्रहरीले हस्तान्तरण गरेको हो ।
गत असोज २४ गते खुदीबाट बेसीसहर आउने क्रममा बसको छतबाट ती विदेशी नागरिकको तीन सय ५० अमेरिकी डलर पर्ने क्यामरा, तीन सय डलरको घाममा लगाउने चस्मा र त्यति नै मूल्य पर्ने पावरचस्मा तथा नगद १५ हजार चोरी भएको थियो । सामान चोरी भएपछि ती विदेशी नागरिकले जिल्ला प्रहरी कार्यालय लमजुङमा निवेदन दिएका थिए । पछि प्रहरीले बसधनीको सहयोगमा चितवनको पार्वतीपुर गाविस वडा नं. ६ रत्नपुरबाट गत असोज २८ गते रवीन्द्र भण्डारीलाई प्रक्राउ गरेको थियो । पक्राउपश्चात् भण्डारीले प्रहरीसामु चोरी गरेको सामान दुई थान चस्मा, बेसीसहरको पुवाखोलाको झाडीमा लुकाइराखेको, क्यामरा मजुवा खोलाको झाडीमा लुकाइराखेको र नगद १५ हजारबाट मोबाइल र अन्य सामान किनेको बयान दिएका थिए । लमजुङ जिल्ला अदालतमा अभियोग प्रमाणित भएपछि धरौटी रकम ९० हजारको अभावमा रवीन्द्र भण्डारीे जेल चलान भएका छन् । -आसमन बस्नेत

दलितबाट आशीर्वाद लिनेको भीड
‘मानिसको जात मानिस नै हो अरू कुनै छैन’, महान् नाटककार बालकृष्ण समले भनेका थिए । प्रायः बाहुनले मात्र मन्दिरमा पूजापाठ गर्ने गरेको परम्पराबीच बारा पथलैयाको स्थानीमाई मन्दिरमा ५० वर्षीय दलित पुजारी पूर्णबहादुर विश्वकर्माले समको उक्त भनाइलाई र्सार्थक तुल्याएका छन् ।
आफ्ना बाजे टेकबहादुर विश्वकर्माले ०२२ सालमा स्थापना गरेको मन्दिरमा पितापछि विगत ३५ वर्षदेखि पूजापाठ गर्दै आएका विश्कर्मासँग मन्दिरमा आउने भक्तजनले ‘पण्डित बा’ भनेर सम्मान गर्नुका साथै आशीर्वाद लिने गर्छन् । मन्दिरमा आएका भक्तजनमा कुनै हीनताबोध छैन बरु उनीहरू अलग्गै खुसीमा रमाएका देखिन्छन् । स्थानीय बासिन्दा उमेश मुल्मी भन्छन्, ‘सब चलेकै छ, दलित, बाहुन, क्षेत्री त आफ्नै इच्छाले हुने कुरा न हो ।’
‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको धारणालाई नयाँपिँढीले अनुशरण गर्दै भन्न थालेका छन्, ‘हामी भेदभाव गर्दैनौँ, भगवान्ले कसैलाई यो जात त्यो जात भनेर छुट्याएका छैनन् ।’ जात थरीथरी भए तापनि यो अप्ठ्यारो मान्नुपर्ने कुरा नभएको स्थानीय रचनाको धारणा छ । पत्तलेश्वर महादेव र कृष्ण मन्दिर मात्र रहेको पथलैयामा चार दशकअघि घनघोर जङ्गल रहेकोले भूतप्रेत र जन्यजन्तुको भयबाट बच्न गाउँमा अनिष्ट नहोस् भनेर सहाराका लागि भगवान्लाई पुकार्न तत्कालीन उच्च जातिले तल्लो जातिलाई मन्दिरमा छिर्न नदिएपछि स्थानीय टेकबहादुर विश्वकर्माले स्थापना गरेको उक्त मन्दिरमा समयको मागसँगै अहिले सबै जातिका भक्तजन पूजा गर्नका लागि घुइँचो लाग्ने गरेको पाइन्छ ।
पुजारी विश्वकर्माका बुबाको निधनपछि स्थानीय बासिन्दाले उनकै सन्तानलाई पुजारी राख्ने निर्णय गरेपछि आफूले अवसर पाएकोमा गरि्वत छन् उनी । उनी भन्छन्- सबैलाई आशीर्वाद दिने स्थान पाएँ ।
वर्षमा दुईपटक बडादसैँ र फागुपूरि्णमाको दिन गाउँवासीको तर्फबाट हुने पशुबलिलाई पुजारी विश्वकर्माले सबै स्थानीयलाई बाँड्ने गर्छन् र सबैले प्रसादीको रूपमा खाने गर्छन् ।
हेटौंडा भैरवरोडका अरहत अधिकारी भन्छन्- सुरुमा दलितले आफ्नो सहाराका लागि भगवान्लाई पुकार्ने थलोको रूपमा यो मन्दिर बनाए पनि अहिले सबैले स्वीकार गरेका छन्, योभन्दा ठूलो सामाजिक सद्भाव के नै हुन्छ र ? दलित पुजारी भएकोले गाउँको नै प्रतिष्ठा बढेको छ ।
पुर्खादेखि नै सबैले छानेको पुजारी भएको र परम्परादेखि चल्दै आएको चलन भएकोले आफूहरूलाई कुनै आपत्ति नभएको अर्का स्थानीय सुनिता सुब्बाले बताइन् ।
मनले पूजा गर्ने हो जातले होइन, यो कुरा २१औँ शताब्दीमा आएर सबैले बुझ्न थाले । दलित पुजारी भए पनि केही फरक पर्दैन रहेछ भनेर, हामी बाहुन-क्षेत्री भएर पनि दलित पुजारीकहाँ पूजा गर्दा सन्तुष्टि नै मिलेको छ, अर्का स्थानीय दीपक सापकोटाले खुसी हुँदै भने ।
मन्दिरमा अबदेखि पुजारी विश्वकर्माकै सन्तानले निरन्तरता पाउने परम्परा नै बस्दै आएको छ । प्रत्येक शनिबार बलि चढ्ने उक्त मन्दिरमा विश्वकर्माले सरल स्तुति गरी कोतमा बलि दिने गर्छन् । पुजारी विश्वकर्मा भ्ान्छन्, ‘संस्कृत नआउने भएकोले नेपाली भाषामा नै स्तुति गर्छु सबैले यो स्वीकार गरेकाले असाध्यै खुसी लागेको छ, आफूसक्दो राम्रो गरेको छु, सबैको भलो होस् ।’
सबै जातका मिश्रति बस्ती पथलैयाको एक मात्र दलित पुजारी विश्वकर्माले सबैलाई दिने एउटै आशिष छ- ‘चिताएको पुगोस् ।’
-वसन्त खतिवडा

प्रगतिपथमा पाँच तारा
काठमाडौं- ३५, मनोहरनगरस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. को चौथो वारि्षक साधारणसभा पूर्वराजदूत तथा पराराष्ट्रविद् प्रा.डा. विष्णुहरि नेपालको प्रमुख आतिथ्यतामा गत शनिबार सम्पन्न भयो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालले सहकारीले समाजमा पारेको सकारात्मक परिवर्तनबारे विस्तृत चर्चा गनुभयो । चीन, भारतलगायत विश्वका विभिन्न देशमा सहकारीले ल्याएको परिवर्तनको चर्चा गर्दै नेपालका मनमोहन हस्पिटल, सहिद स्मारक हस्पिटलहरू सहकारीबाटै प्रगतिउन्मुख भएको उदाहरण उहाँले पेस गर्नुभयो ।
यसैगरी नेपाल राष्ट्रबैंक वित्त विभाग प्रमुख मनमोहन श्रेष्ठले पाँच तारा बचत तथा ऋण सहकारीको उत्तरोत्तर प्रगति हुँदै गइरहेको र यसै क्षेत्रका सञ्चालकहरूको बाहुल्य रहेकाले अन्य सहकारीको तुलनामा विश्वसनीय रहेको बताउनुभयो । संस्थाका कोषाध्यक्ष कुमार बिमलीले वारि्षक प्रतिवेदन पेस गर्दै ६१ लाख ६६ हजार सात सय ४२ रुपैयाँ अठार पैसा सञ्चालन मुनाफा र सात लाख ८३ हजार नौ सय ९९ मुनाफा कमाउन संस्था सफल भएको जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष किरणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको सो साधारणसभामा लेखासमिति संयोजक अवधेशकुमार पाण्डेले संस्थाका सुधारका लागि गर्नुपर्ने कामबारे प्रकाश पार्नुभयो । सभामा संस्थाका अध्यक्ष भोला नाथ पाठकले सञ्चालकको तर्फबाट प्रतिवेदन पेस गर्दै सेयरधनीहरूको शुभेच्छा र सञ्चालक तथा सबै शुभचिन्तकको सहयोगबाट संस्थाले प्रगति गर्न सफल भएको बताउनुभयो ।