कलाकार सीपी पौडेललाई सहयोग गर्दै नवलपुर समाज जापान

कलाकार सीपी पौडेललाई सहयोग गर्दै नवलपुर समाज जापान


■ विशेष प्रतिनिधि, नागोया (जापान)

नवलपुर समाज जापान, नागोया क्षेत्रिय समितिको दोश्रो अधिवेशन शनिबार (१५ फेब्रुअरी) नागोयामा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समाजको उपाध्यक्षमा रोशन गुरुङ्ग, सचिव शशी सापकोटा, उपसचिव राजन भुषाल, कोषाध्यक्षमा सुलभ अधिकारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा रुद्रप्रसाद गैरे, पुजा सापकोटा (काफ्ले), बीपी खरेल, अनिता गुरुङ्ग, करुणचन्द्र भूषाल रहेका छन् भने सल्लाहकार समितिमा निवर्तमान क्षेत्रिय अध्यक्ष अर्जुन खरेल, सुरज काफ्ल , प्रकाश गौडेल चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नवलपुर समाज जापानका अध्यक्ष सागर कँडेलले नवलपुर समाजले गरेका सामाजिक कार्यको चर्चा गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य एवं सल्लाहकार कविकिरण न्यौपाने, एनआरएनए जापानका कार्यसमिति सदस्य बाबुराम खरेल, गल्कोट समाजका सल्लाहकार एवं व्यवशायी यम खत्री, नेसाजका पूर्वअध्यक्ष एवं एनआरएनएका सल्लाहकार विमल अधिकारी, नवलपुर समाजका उपाध्यक्ष कृष्ण खरेल, समाजका नागोया सल्लाहकार एवं व्यवशायी सुरज काफ्ले, गोर्खा समाजका महेश अर्याल, नागोयास्थित जापनिज कलेजमा कार्यरत किरण तिवारी लगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नवलपुर समाज नागोया क्षेत्रिय अध्यक्ष अर्जुन खरेलको अध्यक्षता एवं समाजका क्षेत्रिय सल्लाहकार प्रकाश गौडेलले सञ्चालन गर्नुभएको थियो कार्यक्रममा नेपालका चर्चित कलाकार सिपी पौडेल आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा भएकाले सहभागीहरुबाट २१ हजार येन संकलन गरिएको थियो । उक्त रकम छिटै नेपाल पठाइने जानकारी दिइएको छ ।