सञ्चारकर्मी भुसालद्वारा विष सेवन गरी आत्महत्या

सञ्चारकर्मी भुसालद्वारा विष सेवन गरी आत्महत्या


कपिलवस्तु । कपिलवस्तुमा एक पूर्वशिक्षक एवम् सञ्चारकर्मीले आत्महत्या गरेका छन् । कपिलवस्तु वाणगंगा ११ हथौसाका कृष्ण भुसालले आज (४ फागुन) विष सेवन गरी आत्महत्या गरेका हुन् ।

भुसाल सञ्चारकर्मी हुनुका अलावा शिक्षण पेशामा पनि आवद्ध थिए । विगत ६ महिना अघिसम्म उनी कपिलवस्तुको रेडियो बुद्धआवाज र बुद्धआवाज टिभीमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए । भुसालले वाणगंगा ११ ओदारीको लिटिल स्टार इंग्लिस बोर्डिङ स्कुलमा लामो समयदेखि अध्यापनसमेत गर्दै आएका थिए ।

पछिल्ला केही महिनायता भुसाल मानसिक तनावमा रहँदै आएका उनका निकटजनबाट बुझिएको छ । मानसिक तनाव बढ्दै जाँदा उनले सञ्चार र शिक्षण पेशा त्यागेर बसेका थिए । उनका एक छोरी र श्रीमती छन् ।

भुसालले के कारणले विष सेवन गरेका हुन् यसको पृष्टि भने भैसकेको छैन । विहान मात्र उनले विष सेवन गरेको थाहा भएपछि कपिलवस्तु सामुदायिक अस्तापल ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि तत्काल उनलाई बुटवल रेफर गरिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।