कोरोनाबाट पीडित हुँदा शरीरमा के परिवर्तन हुन्छ ?

कोरोनाबाट पीडित हुँदा शरीरमा के परिवर्तन हुन्छ ?


कोरोना भाइरस सङ्क्रमणसँग चिकित्सकहरूको लडाईं यस्तो प्रतीत हुँदैछ कि उनीहरू कुनै अज्ञात दुश्मनको विरूद्ध लडिरहेका छन् । यसले सबैतिर एक प्रकारको सन्त्रास उत्पन्न गराएको छ ।

कोरोना भाइरसले कसरी तपाईंको शरीरलाई आक्रमण गर्दछ ? सङ्क्रमणपछि मानव शरीरमा कस्ता लक्षणहरू देख्न सकिन्छ ? कुन मानिस गम्भीर बिरामी पर्ने वा मर्ने सम्भावना बढी हुन्छ ? र, तपाईं यसको उपचार कसरी गर्नुहुन्छ ? यतिबेला यस्ता प्रश्न स्वभाविक रूपमा उठेका छन् ।

चीनको वुहान शहरको जिन्यिन्तान अस्पतालमा महामारीको उपचार गरिरहेका डाक्टरहरूको टोलीले अब यस्ता प्रश्नहरूको जवाफ दिन थालेका छन् ।

कोरोना भाइरस सङ्क्रमित प्रारम्भिक ९९ बिरामीहरूको उपचारको विस्तृत विवरण ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित गरिएको छ ।

फोक्सोमाथि हमला :

वुहानको जिन्यिन्तान अस्पताल पुऱ्याइएका ९९ बिरामीहरूलाई निमोनियाको लक्षण रहेको थियो । ती बिरामीलाई फोक्सोमा समस्या भएको थियो र तिनका फोक्सोमा अक्सिजन बग्ने ठाउँमा पानी भरिएको थियो ।

अन्य लक्षण यस्ता थिए–

९९ जना बिरामीमध्यका ८२ जनालाई ज्वरो आएको थियो ।
९९ मध्यकै ८१ लाई खोकी पनि लागेको थियो ।
३१ व्यक्ति स्वास–प्रश्वासका क्रममा तीव्र दर्द महसुस गरिएका थिए ।
११ जनाले मांसपेशी दुखेको बताएका थिए ।
९ जना भ्रमको शिकार भएका थिए ।
८ जनालाई टाउको दुख्ने समस्या पनि थियो ।
५ जनालाई घाँटी दुख्ने समस्यासमेत थियो ।

मृत्युको शुरुका घटना :

कोरोना भाइरससङ्क्रमित बिरामीमध्ये दुई जना मृत्युपूर्व स्वस्थ देखिन्थे ।
उनीहरूले लामो समयदेखि सिगरेट पिउँदै आएका थिए, हुनसक्छ त्यसैका कारण उनीहरूको फोक्सो कमजोर हुन पुगेको थियो ।

अस्पताल पुऱ्याइएका ६१ वर्षीय एक व्यक्ति निमोनियाबाट नराम्ररी पीडित थिए । उनलाई सास फेर्न अत्यन्त गाह्रो भइरहेको थियो । अर्थात्, यसलाई यसरी बुझ्न सकिन्छ कि सम्बन्धित बिरामीको फोक्सो शरीरलाई बाँच्नको लागि आवश्यक अक्सिजन आपूर्ति गर्न नसक्ने अवस्थामा थियो । भेन्टिलेटरमा राखिए पनि ती व्यक्तिको फोक्सो असफल भयो र अन्ततः उनको मुटुले काम गर्न छाड्यो ।

दोस्रा बिरामी ६९ वर्षका थिए, सास फेर्न उनलाई पनि निकै समस्या परिरहेको थियो । उनलाई कृत्रिम रूपमा अक्सिजन प्रदान गर्ने प्रयास गरियो, तर सो प्रयास उनको ज्यान जोगाउन पर्याप्त भएन । निमोनियाले उनको ज्यान लियो, त्यतिबेला ब्लडप्रेसर स्वाट्टै खस्केको थियो उनको ।

कम्तिमा दश व्यक्तिको मृत्यु भयो :

गत २५ जनवरीसम्ममा कोरोना भाइरसको कारण ९९ जनाले ज्यान गुमाएका थिए ।

त्यस दिनसम्म ५७ जनाचाहिँ अस्पतालमा थिए । ३१ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको पनि थियो भने ११ मानिस मरे । यसको मतलब कोरोना भाइरसको कारण मर्ने मानिसको प्रतिशत ११ भन्ने होइन । किनकि, यो सम्भावना छ कि सामान्य लक्षण देखिएकाहरू अस्पताल नै पुगेका छैनन् र अस्पतालमा भर्ना भएका मानिसहरू धेरैले मृत्युका लडाईंसँग हार्न पनि सक्छन् ।

बजार कर्मचारीहरू :

वुहानको हुवानान समुद्री खाना बजार (सि फुड मार्केट)मा फेला परेका समुद्री प्राणीहरू नै कोरोना भाइरस सङ्क्रमणको कारकतत्व भएको विश्वास गरिएको छ ।

वुहानको जिन्यिन्तान अस्पतालमा पुऱ्याइएका ९९ मध्ये ४९ जनाको सम्बन्ध त्यहाँको समुद्री खाना बजार (सि फुड मार्केट)सँग थियो । ४७ व्यक्ति या त हुआनान सी फुड मार्केटमा प्रबन्धकको रूपमा काम गरिरहेका थिए या तिनीहरूले त्यहाँ पसल सञ्चालन गरिरहेका थिए । सङ्क्रमित व्यक्तिमध्येका दुई जना मात्र उक्त बजारका खरिददार (उपभोक्ता) थिए ।

प्रभावित व्यक्ति बयस्क उमेरका धेरै :

ती ९९ जना बिरामीमध्ये वृद्धावस्थातिर लम्कन थालेका नै ज्यादा थिए । ९९ मध्ये ६७ जना पुरुष थिए र बिरामीहरूको औसत उमेर ५६ वर्ष थियो । तथापि, पछिल्लो तथ्यले सङ्केत गरेको छ कि कोरोना भाइरस सङ्क्रमित महिला र पुरुषबीच सङ्ख्यात्मक मात्रामा धेरै भिन्नता छैन । चीनको ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ (रोग नियन्त्रण र रोकथाम केन्द्र) का अनुसार ६ जना पुरुषको तुलनामा पाँच महिलालाई सङ्क्रमण भएको पाइएको छ ।

तथापि, विज्ञहरूले कोरोना सङ्क्रमणको कारण महिलाको तुलनामा पुरुष व्यक्ति गम्भीर बिरामी हुन सक्ने औंल्याएका छन् । सामान्य शङ्काको अवस्थामा पनि पुरुषले तत्काल अस्पताल भर्ना हुन आवश्यक पर्ने औंल्याइएको छ ।

सामाजिक र सांस्कृतिक कारणले गर्दा भाइरस सङ्क्रमणबाट सङ्क्रमित हुने जोखिम पुरुषमा बढी रहने विज्ञकोे धारणा छ । जिन्यिन्तान अस्पतालका डाक्टर ली झाङ भन्छन्, ‘कोरोना भाइरस सङ्क्रमणको जोखिम महिलामा कम छ, किनभने उनीहरूमा एक्स क्रोमोजोम र सेक्स हार्मोनको कारण अत्यधिक प्रतिरोधात्मक क्षमता हुन्छ ।’

जो पहिले नै स्वास्थ्यसम्बन्धी समस्यामा थिए :

सम्बद्ध चिकित्सकहरूका अनुसार शुरुका ती ९९ बिरामीहरूमध्ये अधिकांशलाई पहिले नै केही न केही रोग थियो । यसकारणले गर्दा तिनीहरूमा कोरोना सङ्क्रमित हुने जोखिम उच्च थियो ।

चिकित्सकहरूले यसलाई कमजोर प्रतिरक्षात्मक क्षमता हुनुको परिणाम मानेका छन् ।

९९ मध्येका ४० जना बिरामीलाई मुटु र रक्तवाहिका समस्याका कारण मुटुको रोग थियो । पहिले नै उनीहरूलाई हृदयघात भइसकेको थियो । ९९ मध्यकै १२ मानिसहरूलाई चाहिँ मधुमेहसम्बनधी समस्या थियो । अन्य ४७ जनामध्ये पूर्णतः स्वस्थ कमै थिए, अर्थात् कुनै न कुुनै स्वास्थ्य–समस्या पहिले नै भएका कारण तिनलाई कोरोना भाइरसले सजिलै सङ्क्रमण गरेको थियो ।

(बीबीसी समाचारमा आधारित)