भ्यानसहित भन्सार छलीका ६० लाखका सामान बरामद

भ्यानसहित भन्सार छलीका ६० लाखका सामान बरामद


पूर्वीनाका काँकडभिट्टाबाट अवैध रूपमा नेपाल भित्र्याइएका रु. ६० लाखभन्दा बढीका सामानसहित मे.१ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय राजस्व कार्यालय इटहरी पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी नेटका साडी, कुर्तासलवार, बनरासे साडी, रंगोली ब्वाउजसहितका साडीलगायतका रु. ६० लाख ३१ हजार एक सयका सामान राजस्व कार्यालय पठाएको जानकारी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले सो सामग्री बिहीबार पूर्वपश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१२ बाट विशेष सुराकीका आधारमा महेन्द्रा कम्पनीको गाडीसहित पक्राउ गरिएको बताए । उनले भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सो सामग्री बरामद राजस्व कार्यालय पठाएको जानकारी दिए ।
रासस