प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग

प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग


प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम स्थगित गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सदस्य रहेका दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा आज हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धिबारे आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभा सदस्य उपाध्यायको आजै निधन भएको भन्दै कांग्रेसले आजको सदन स्थगित गर्न माग गरेको हो ।