प्रहरीद्वारा आफैमाथि गोली प्रहार, गम्भीर घाइते

प्रहरीद्वारा आफैमाथि गोली प्रहार, गम्भीर घाइते


जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज (२ फागुन) आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते हुन पुगेको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभएको छ । घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको उहाँले बताउनुभयो ।

एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाइएको र गोली हान्नुको कारण खुल्न नसकेको तथा आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।