बेल्जियममा त्रिदेशीय भलिबल प्रतियोगिता हुँदै

बेल्जियममा त्रिदेशीय भलिबल प्रतियोगिता हुँदै


  • Dilli Ammai, Belgium

जीवनमा खेलकुदको अनुपम महत्व हुन्छ । खेल मानव जीवनको एक महत्वपुर्ण हिस्सा हो र सार्थक जीवनको लागि खेलकुदलाई सर्बथा महत्व दिइन्छ । किनकि यो हाम्रो शारीरिक एवम् मानसिक विकासको श्रोत हो । शरीरको रक्तसञ्चार सन्तुलित बनाइराख्न, शारीरिक अंगहरू रोगप्रतिरोधात्मक क्षमतायुक्त, स्फूर्ति र बलिया तुल्याउन खेल वा ब्यायाम अनिवार्य छ । त्यस्तै, खेलले मानिसको दिमागी विकासमा समेत सकारात्मक भूमिका खेलेको हुन्छ ।

एक मानव मानसिक र शारीरिक रुपले सबल नभैकन जीवनमा सफल बन्न सक्दैन । त्यसैले स्कुले जीवनको प्रारम्भदेखि नै बच्चाहरूलाई मानसिक तथा शारीरिक रुपले खेलिने खेलहरू खेलाइन्छन् । खेल सामाजिक एकता र सद्भावका प्रतीक पनि मानिन्छन्, किनकि खेलमा वर्ग, धर्म जात र बर्णविभेद हुँदैन । त्यसैले खेललाई समाज विकासको अग्रगामी तत्व समेत भन्ने गरिन्छ ।

यिनै कुराहरूलाई मनन गरी धेरै वर्षअगाडी बेल्जियममा समेत अग्रज नेपालीहरूले युरो–नेपाल खेलकुद संघ बेल्जियम गठन गरेका हुन् । यो संघले बेल्जियमका अधिकांश खेलप्रेमी र खेलाडीहरूलाई समेटेर विभिन्न किसिमका खेल प्रतियोगिता गराउंँदै आएको छ । जसमा नेपालका महत्वपुर्ण खेलमा ख्याति कमाएका किसन केसी, ज्ञानु थापाहरूको अतुलनीय योगदान रहेको छ । खेलकुद संघका निवर्तमान अध्यक्ष किसन केसीको पालामा नेपालीहरूबीच खेलिने आउटडोर खेललाई धेरै महत्व दिइयो भने मानसिक खेलहरूमा पनि केही चासो दिएको बताइन्छ । अहिले खेलकुद संघका मूली नेपालका राष्ट्रिय फुटबल खेलाडि तथा कोच ज्ञानु थापा रहेका छन् । उनको पालामा बेल्जियमका खेलप्रेमीहरू झनै उत्साहित भएर खेल विकासमा जुटेको युरो नेपाल खेलकुद संघ बेल्जियमका शुभचिन्तक बालेन्द्र गुरुङले बताए ।

अचेल बर्षमै अत्याधिक खेलकुद प्रतिस्पर्धाको आयोजना गरिन्छ । युरोपस्तरीय फुटबल, भलिबल भए पनि इनडोर खेलमा समेत संघले क्रमशः चासो लिने संघका महासचिब तुङ्ग निरौलाले जानकारी दिएका छन् । उनले यही फेब्रुअरी २३, २०२० आइतबारका दिन युरो–नेपाल खेलकुद संघ बेल्जियम तथा एनआरएन बेल्जियमको संयुक्त आयोजनामा एक रोचक भलिबल प्रतियोगिताको आयोजना गरिएको बताए । काशी दनैलाई एनआरएनएका भलिबल खेल संयोजक तोकिएको छ भने खेलकुद संघले आफ्नै संगठनका महासचिव तुङ्ग निरौलालाई तोकेको छ ।

यसै सन्दर्भमा कुरा गर्दा, बेल्जियम, निदरल्याण्ड र लग्जेम्बर्गमा रहेका नेपाली खेलाडीहरूको बीच हुन गइरहेको त्रिदेशीय भलिबल प्रतियोगिताको लागि बेनेलक्सअन्तर्गतका सम्पूर्ण नेपाली टीमलाई सहभागिताको लागि पत्राचार गरिसकेको निरौलाले जानकारी दिए ।

बेल्जियम आन्त्वेर्पेनमा (Plantin en morietuslei 343. 2140 borgerhout ) बिहान साढे दस बजेबाट शुरु हुने खेलमा भाग लिने टिमलाई दर्ता शुल्कवापत २०० € राखिएको छ भने प्रथम पुरस्कार १००० € ट्रफी, मेडल, प्रमाणपत्र तथा दोश्रो पुरस्कार ५०० € ट्रफी, मेडल, प्रमाणपत्र राखिएको संघका अध्यक्ष ज्ञानु थापाले बताए ।

त्यस्तै, सोही खेलका अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा अनुशासित टिमलाई पनि प्रमाणपत्र तथा आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

file picture

स्मरण रहोस्, खेलमा खेलाडी तथा स्वयंसेवकहरूको लागि एक सूचना जारि गर्दै संघले आफ्नो वेवसाइडमार्फत सहभागीहरूका लागि महत्वपुर्ण निर्देशनात्मक जानकारी गराएको छ । जसअनुसार–

१) सम्पुर्ण खेलाडी तथा स्वयमसेवकहरूले अनिवार्य रुपमा स्पोर्ट सुज लगाउनु पर्नेछ भने कालो सोल भएको स्पोर्ट सुज पनि खेलमैदानभित्र लगाउन निषेध गरेको छ ।
२) टीम दर्ता १७ फेब्रुअरीसम्ममा गराइसक्नुपर्ने छ ।
३) टीममा ९ जना खेलाडी र एक जना म्यानेजर गरि १० जना रहने ब्यवस्था गरिएको छ ।
४) दर्ता भएका टीमहरूको टाइसेट निर्माणलाई सार्वजनिक मिडियाबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
५) सम्पूर्ण टीमका खेलाडीहरू १०ः३० भित्र आइपुग्नुपर्ने छ र ११ बजे भित्र ड्रेस लगाएर खेल मैदानमा प्रवेश गरिसक्नु पर्नेछ ।
६) ११ः३० मा उदघाटन कार्यक्रमका साथसाथै भलिबल प्रतियोगिता सुरु हुने छ ।

स्मरण रहोस्, खेलमा भाग लिने, सहभागीहरू, चासो राख्ने खेलकुद पत्रकारहरू, प्रायोजक, सहयोगी, दर्शक वा आयोजकहरूले खेलसम्बन्धी जानकारी र अन्य आवश्यक सुचनाको लागि ज्ञानु थापा – 0497 37 19 37 तुङ्ग निरौला – 0485451919, khel sanyojak काशी दनै – 0485640396 तथा नवीन नेपाल – 0483695855 लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

नेपालका भलिबल खेलप्रेमीहरूको करिव तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो । जसले प्रवासमा समेत यो खेलप्रति नयाँ उत्साह पैदा गरेको छ ।