नेपालयले जित्यो लिबर्टी कप फुटबल

नेपाललयले दोश्रो लिबर्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपालय ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बन्यो ।



लिबर्टी स्कुलको आयोजनामा अत्तरखेलस्थित शिवपुरी खेल मैदानमा भएको प्रतियोगिताको ब्वाइज फाइनलमा नेपाललयले भेनस पब्लिकलाई २–१ गोलले पराजित ग¥यो । नेपालका सरोज कार्की र पासाङ थिङले गोल गरे । भेनसका आयुश मगरले १ गोल फर्काए ।

गर्ल्सको उपाधि भिडन्तमा नेपालयले गोकर्ण लाइटलाई १–० गोलले हरायो । एलिसा तामाङले निर्णायक गोल गरिन् । ब्वाइजमा जीवन ताराले आयोजक लिबर्टीलाई ५–१ ले पन्छ्याउदै तेश्रो भयो । गल्र्सतर्फ तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लिबर्टीले जीवन तारालाई ५–१ गोलले निराश पाऱ्यो । ब्वाइज, गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

ब्वाइजमा मनीष मगर तथा गल्र्समा एलिसा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टद्वय नेपालयका हुन् । ब्वाइजमा सहयोगी तथा गर्ल्समा छहारीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई सांसद् कृष्णबहादुर राई, लिबर्टीका प्रिन्सिपल ओमप्रसाद ढकाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगिताको ब्वाइजमा २७ र गर्ल्समा १४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया